मौलिक संस्कृतिको संरक्षण गर्नु साझा दायित्व हो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले साझा मौलिक संस्कृति, परम्पराले अनेकतामा एकताको भावना सिर्जना गर्दै राष्ट्रिय एकतालाई मजबुत तुल्याउने बताएका छन् । अठारौँ राष्ट्रिय ज्यापू दिवसको अवसरमा ज्यापू संस्कृति विकास कोषले वसन्तपुर डबलीमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उनले परम्परागत नेपाली मौलिक सम्पदा र संस्कृतिलाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताए ।
प्रधानमन्त्री देउवाले नेपालको भौगोलिक, जैविक विविधता, प्राकृतिक र सांस्कृतिक सम्पदा तथा सामाजिक बनोट विश्वभरमै नमूनाका रूपमा रहिआएको भन्दै विभिन्न जातजाति, भाषाभाषी, सांस्कृतिक समूहको सहअस्तित्व, साझा परम्परागत मौलिक संस्कृति र सभ्य नेपाली पहिचानको गौरवमय संस्कृतिलाई जीवन्त राख्नु साझा दायित्व भएको उल्लेख गरे ।
उनले भने, “नेपाल विभिन्न जातजाति, भाषाभाषि, धार्मिक एवं सांस्कृतिक समुदाय मिलेर बनेको राष्ट्र हो । विभिन्न धर्म, समुदायका नागरिकबीच धार्मिक सहिष्णुता अभिवृद्धि गर्न ज्यापू दिवसजस्ता पर्वहरूले महत्वपूर्ण भूमिका खेलेका छन् ।”
प्रधानमन्त्री देउवाले ज्यापू समुदायको संस्कृति र सभ्यताको संरक्षणका लागि आगामी दिनमा उपलब्ध गराउनुपर्ने आवश्यक सहयोगका लागि सरकार तयार रहेको विश्वास दिलाए । उनले काठमाडौँ उपत्यकामा संस्कृति र सम्पदाको संरक्षण गर्न ज्यापू समुदाय लागिपरेको भन्दै यसले अनेकतामा एकताको भावना सिर्जना गर्दै राष्ट्रिय एकता र अखण्डतालाई सुरक्षित बनाएको बताए ।
प्रधानमन्त्री देउवाले नेपालको विभिन्न समुदायमध्ये ज्यापू समाज आफ्नै मौलिक संस्कृति, सम्पदा र पहिचान बनेको समाज भएको र समाजले नेवार समुदायभित्र आफ्नो मौलिक कला, संस्कृति र सीपका कारण विशिष्ट स्थान बनाएको धारणा व्यक्त गरे ।
कार्यक्रममा मौलिक संस्कृतिको संरक्षण सम्बद्र्धनमा योगदान गर्ने भुलधामी देवकृष्ण महर्जन, प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी, डा रमेशमान सिंह, सुरेन्द्रमान प्रजापति, दिलीपकुमार प्रधान, मदनसेन बज्राचार्य, राजनलाल जोशी, नवीनकुमार जोशी, कुमार रञ्जीत, अनिल महर्जन, रमेश महर्जन, तेजनारायण महर्जन, अनिता महर्जन, नेन्सि महर्जन, नितु डङ्गोल र कृषा महर्जनलाई नगद १० हजारसहित कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया