बिहीबार, पुष १०, २०८२

काग्रेस-जसपा वाहेक सवैको एमसीसीमा असहमति

ज्ञानेन्द्रवहादुर कार्कीले पास गरौं भन्दा नारायणकाजी श्रेष्ठको कडा अपत्ति

सत्ता गठबन्धन दलमा कार्यादल गठन, बाबुरामको एमसीसीमा सकारात्मक जवाफ

मेरोन्यूज २०७८ पुष ४ गते १८:४८

काठमाडौं । विवादास्पद अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) अनुदान सम्झौतामा साझा सहमति खोज्ने र प्रमुख प्रतिपक्ष दल एमालेले निरन्तर अवरोध गदैं आईरहेको संसद खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्री शेरवहादुर देउवाले बोलाएको सर्वदलीय वैठकमा कांग्रेस र जसपा वाहेक सवै राजनीतिक दलका नेताहरुले सम्झौताले उत्पन्न गरेको संशयबारे स्पष्ट नभई अनुमोदन गर्न नसकिने वताएका छन् ।

सर्वदलीय वैठक अगाडी सत्ता गठवन्धन दलका नेताहरुले पनि यस विषयमा छलफल गरेका थिए । प्रमुख प्रतिपक्ष दल एमालेले वहिष्कार गरेको सर्वदलीय वैठकमा प्रधानमन्त्री शेरवहादुर देउवाले शुरुमा एमसीसी सम्झौता र सदन अवरोध बारेमा छलफल गर्न सर्वदलीय वैठक आह्रावान गरिएको र यसमा राजनीतिक दलहरुको धारणाका विषयमा छलफल गर्न बैठक बोलाईएको बताएका थिए ।


शुरुमै प्रधानमन्त्री देउवाले यस विषयमा छोटोमा धारणा राखेपछि साना दलका नेताहरुवाट आ आफनो धारणा राख्ने क्रम शुरु भएको थियो । त्यसपछि नेमकिपाका नेता प्रेम सुवालले सवैभन्दा पहिले दलहरुका तर्फबाट आफनो धारणा राखेका थिए ।

नेपाल मजदुर किसान पार्टी, जनमोर्चा, राप्रपा लगायतका साना दलले सम्झौताका कतिपय प्रावधान सार्वभौम नेपालको हितमा नरहेकोले सम्झौता पारित गर्ने भन्दा पनि खारेज गर्नुपर्नेमा जोड दिएका थिए । त्यसपछि वोलेको सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्की, कांग्रेसका नेताहरु रामचन्द्र पौडेल र डा रामशरण महले एमसीसीमा कुनै त्यस्तो राष्टहित विपरितको प्रावधान नरहेको र यसलाई संसदमा अनुमोदन गरेर जानुपर्ने धारणा राखेका थिए । वैठकमा प्रधानमन्त्रीका तर्फबाट दलहरुलाई सहमतिमा ल्याउनका लागि कांग्रेस नेता डा रामशरण महले एमसीसी पारित गरेर किन जानुपर्ने भन्ने विषयमा धारणा राखेका थिए ।

नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले एमसीसी जस्ताको तस्तै पारित गर्न नहुनेमा नेकपा एकीकृत समाजवादी रहेको धारणा राखेका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफनो पार्टी जस्ताको तस्तै एमसीसी अनुमोदन गर्ने पक्षमा नरहेको धारणा राखेका थिए । प्रचण्डले एमसीसीका कतिपय प्रावधानले संसय मात्र उत्पन्न गराएको र यसले जस्ताको तस्तै पारित गर्न नहुने धारणा राखेका थिए ।

प्रचण्ड भन्दा पनि कडा शब्दमा नेता नारायणकाजी श्रेष्ठले धारणा राखेका थिए । उनले सम्झौताको वुदा वुँदामा केन्द्रीत रहेर जस्ताको तस्तै कसरी पारित गर्न सकन्छि भन्दै सञ्चारमन्त्री कार्कीको भनाईमा कडा शब्दमा विरोध गरेका थिए । मन्त्री कार्कीले सम्झौता अनुमोदन गराउनु पर्नेमा धारणा राखेपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कडा शब्दमा पारित गरेर जान नसकिने धारणा राखेका थिए । श्रेष्ठलाई नेकपा एसका महासचिव वेदुराम भुसालले साथ दिएका थिए । उनले पनि श्रेष्ठको भनाईमा सहमती जनाउँदै पास यथास्थितीमा गर्ने नसक्ने धारणा राखेका थिए ।


जसपाका अध्यक्ष उपेन्द्र यादवले भने सर्वदलीय वैठकमा अन्य दल र नेताहरुका कुरामात्र सुनिरहे । जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भटटराईले वैठकमा वोलेका थिए । उनले भने एमसीसी पारित गरेर जादैमा केही नहुने बताए । उनले आफु प्रधानमन्त्री हुँदा नै परियोजना अगाडी बढाएको भन्दै पारित गदैमा केही नहुने धारणा राखेका थिए । डा बाबुराम भटटराईले संसदमा लगेर वहुमत अल्पमतका आधारमा निर्णय लिनुपर्ने धारणा राखेका थिए । महाकाली सन्धिको हामीले विरोध गरेकै हौं तर, त्यसबेला कांग्रेसले त्यसलाई समर्थन गर्‍यो, अहिले यो एमसीसी राष्ट्रघाती छैन, यसले देशलाई अहीत गर्दैन। बरु यो संसदमा लगेर बहुमत अल्पमतका आधारमा पास गरौँ।’ डा वावुरामले भनेका थिए ।

तर अन्य दलले भने पारित गर्न नसकिने बताए ।


प्रधानमन्त्री देउवा पुस ६ गते बोलाईएको संसद वैठकमा एमसीसी अनुमोदनका लागि प्रस्ताव लैजाने तयारीमा थिए । तर सत्ता गठवन्धन दलकै प्रमुख घटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जस्ताको तस्तै पारित गर्ने सवालमा साथ नदिने देखेपछि र एमालेले पर्ख र हेरको नीति लिएर सर्वदलीय वैठक समेत वहिष्कार गरेपछि प्रधानमन्त्री देउवा अप्ठ्यारोमा छन् ।

त्यसपछि उनले सर्वदलीय वैठक अगाडी वसेको सत्ता गठवन्धन दलले अझ थप छलफल गर्न कार्यदल गठन गरेको छ । यधपी कार्यदल गठनका विषयमा सत्ता गठवन्धनका दलका नेताहरुले केही वताएका छैनन । सर्वदलीय वैठकमा भने कार्यदल गठन भएको सामान्य जानकारी भने सत्ता पक्षले दिएको थियो ।

सत्ता गठवन्धन दलले सर्वदलीय वैठक अगाडी गरेको छलफलमा भने फेरि पनि यसलाई छलफल गर्ने भनेर एउटा कार्यदल गठन गरेको जानकारी सर्वदलीय वैठकमा गराएको नेमकिपाका नेता प्रेम सुवालले जानकारी दिए ।

वैठकमा कांग्रेसबाट रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, पूर्वसहमहामन्त्री रामशरण महत, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई सहभागी थिए ।

त्यस्तै, संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल र महासचिव बेदुराम भुसाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र सर्वेन्द्रनाथ शुक्ल, राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट र नेमकिपाका महासचिव प्रेम सुवाल सहभागी थिए ।

सत्ता गठवन्धन दलको बैठकमा भने सहमति विना अगाडी नलैजाने निश्र्कष निस्केको थियो । पाँच दलको बीचमा तत्काल एमसीसी अगाडि बढाउने विषयमा सहमति जुटेन,’ राष्टिय जनमोर्चाका महासचिव मनोज भट्टले भने, – न्यूनतम् साझा कार्यक्रममा प्रवेश नै नपाएको विषय ल्याएर अहिले गठबन्धन भत्काउनु राम्रो होइन भनेर सुझाव दिएपछि रोकिएको छ।’

प्रतिक्रिया