एमालेलाई दलहरुको आग्रह : असन्तुष्टि प्रकट गर्ने नाममा संसद्लाई बन्धक नबनाउ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेलाई आफना असन्तुष्टि सम्वोधनका नाममा जनप्रतिनिधीमुलक सस्था संसदलाई बन्धक नबनाउन संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले आग्रह गरेका छन् । प्रधानमन्त्री शेरवहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजना गरेको सर्वदलीय बैठकमा ति दलहरुले संघीय संसद् निरन्तर अवरुद्ध हुँदा संसद्को नियमित काम र जनताको यस संस्थाबाट अपेक्षा गरेको गहन भूमिका प्रभावित भएको भन्दै एमालेलाई आफ्ना असहमति प्रकट गर्ने नाममा संसद बन्धक नवनाउन आग्रह गरेका हुन् ।
नेकपा एमालेले माधव नेपाल लगायतलाई कारवाही गर्न आफुहरुले संसदमा दर्ता गराएको पत्रमा सभामुखले कुनै कारवाही प्रक्रिया नवढाई पूर्वाग्रह साधेको आरोप लगाउँदै संसद लामो समय देखि निरन्तर अवरोध गदै आईरहेको छ । देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले भने सहभागी थिएन ।
संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरुले संसदको अवरोध निरन्तर जारी राख्न नहुने धारणा राखेको वैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले जानकारी दिए । उनले विरोध र असहमति प्रकट गर्ने नाउमा संसद् अवरुद्ध हुँदा त्यसले लोकतन्त्र र संसदीय अभ्यास नै कमजोर हुने बैठकले निष्कर्ष निकालेको बताए । ‘विरोध गर्ने, असहमति प्रकट गर्ने मूलथलो संसद् नै हो । तर, सिंगो संसद्लाई यसरी निरन्तर बन्धक बनाउँदा हाम्रो लोकतन्त्र र संसदीय अभ्याससमेत कमजोर हुन जाने खतरा हुन्छ,’ उनले भने ।
संघीय संसद् निरन्तर अवरुद्ध हुँदा संसद्को नियमित काम र जनताको यस संस्थाबाट अपेक्षा गरेको गहन भूमिका प्रभावित भएको निश्कर्ष संसदमा प्रतिनिधीत्व गर्ने दलहरुले निकालेको कार्कीले बताए ।
जननिर्वाचित संस्थालाई यसरी लामो समयसम्म बन्धक बनाउनु उचित होइन, गतिरोधका कारण कतिपय महत्वपूर्ण विधेयक र प्रस्तावहरूसमेत अल्झिएका छन्,’ सञ्चारमन्त्री कार्कीले भने, ‘संसदीय लोकतन्त्रलाई जीवन्त राख्न प्रतिपक्षको भूमिका महत्वपूर्ण हुन्छ । तर, सशक्त प्रतिपक्ष हुनुको अर्थ संसद् नै चल्न नदिनु भन्ने होइन ।’
मन्त्री कार्कीले सरकारले प्रतिपक्षले उठाएका विषयमा सहमति खोज्न र संवाद गर्न तयार रहेकोभन्दै सरकारका तर्फबाट संसद् सञ्चालनका लागि सहयोग गर्न प्रतिपक्षलाई आग्रहसमेत गरे ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया