बिहीबार, पुष १०, २०८२

आज कुन राशीको दिन कस्तो ?

मेरोन्यूज २०७८ पुष ५ गते ६:२०

आज वि. सं. २०७८ साल पौष महिनाको ५ गते सोमबार, पौष कृष्णपक्षको द्वितीया तिथि ।

मेष
धन सम्पत्तिको बृद्धिसँग सम्बन्धित विषय मनमा तिब्रता आउने छ । बोली पनि प्रभावकारी बन्ने छ । बाठो प्रकृतिको व्यक्तित्व हुने छ । व्यवस्थापकीय क्षमतामा पनि दक्षता बृद्धि हुने छ । तर भाग्यको साथ नभएका कारण कतिपय विषयमा असफलता हात पर्ने छ ।

वृष
सुख सुविधाका साधन वा पदार्थहरुको प्रयोगमा भने सन्तोष मिल्ने छ । तर कमजोर मनोबल भएको व्यक्तित्व हुने छ । जसले गर्दा दुविधात्मक शैलीको व्यक्तित्व हुने छ । पेशागत जीवनमा समस्याहरु देखा पर्ने भएकाले सामना गर्दै अघि बढ्नु पर्ने छ । परिवारको साथ लिएर अघि बढेमा मद्धत प्राप्त हुने छ ।

मिथुन
पेशाप्रतिको लगावमा बृद्धि हुने छ भने आफ्नो पेशागत जिम्मेवारी राम्रोसँग निभाउन सकिने छ । पेशागत जीवनमा लाभ प्राप्त हुन जाने छ भने आम्दानीमा पनि बृद्धि देखा पर्ने छ । दाम्पत्य जीवनप्रति समर्पित हुने स्वाभावमा बृद्धि हुने छ ।

कर्कट
बोलीको प्रभावकारीमा बृद्धि हुने छ । कडा रिस हुन जाने भएकाले यस विषयमा विचार गर्नु होला । पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुने छ भने लाभ पनि हुने छ । मनमा दुविधाका मात्राहरु बढि नै देखिन जाँदा निर्णय क्षमतामा कमि आउने छ ।

सिंह
भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरु पुरा हुन जाने छन् । आम्दानीमा केही बृद्धि हुने छ । तर पेशागत जीवनमा भने अस्थिरताको सामना गर्नु पर्ने छ । शान्त स्वाभावको व्यक्तित्व हुँदाहुँदै पनि बोलीमा भने कटुताको तत्व रहने हुँदा यस विषयमा ध्यान दिनु होला । बौद्धिकताको मात्रामा बृद्धि हुने छ ।

कन्या
विदेश यात्रा गर्ने विचारले तिब्रता पाउने छ । मनमा नकारात्मक विचारहरुको श्रृङ्खलाले गर्दा उदासिनताको मात्रा बढ्न जाने छ । मन नियन्त्रण गर्ने प्रयास गर्नु पर्ने देखिन्छ । पेशागत जीवन स्थिर रहने छ भने आम्दानीमा पनि केही बृद्धि देखिने छ । बोलीमा कटुताको मात्रा देखा पर्ने भएकाले संयमित रहनु होला ।

तुला
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । बोली प्रभावकारी बन्ने छ । पेशागत जीवनमा शान्त भएर निर्णयहरु लिनु पर्ने समय रहेको छ । आम्दानीमा भने केही बढोत्तरी हुने हुने छ । मनोबलमा गिरावट आउँदा आफैले आँटेका कामहरु पनि सम्पन्न गर्न सक्ने विषयमा अन्योल जस्तो बन्न पुग्ने छ ।

वृश्चिक
बोलीमा नरमपना र शितलता देखा पर्ने छ । परिवारप्रति केन्द्रीत रहने व्यक्तित्व बन्ने छ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट पनि लाभ मिल्ने छ । पेशागत जीवन स्थिर रहने छ । आफ्नो लक्ष्य प्रति समर्पित हुने स्वाभाव हुने छ । व्यवस्थापकीय खुबीमा बृद्धि हुने हुँदा गरेका कामहरुमा सफलता प्राप्त हुने छ ।

धनु
बौद्धिक क्षेत्रमा प्रगति हुने छ भने ज्ञान र बुझाईको मात्रा फराकिलो बन्ने छ । चतुर व्यक्तित्व हुने छ । प्रतिष्पर्धीहरुको अभिव्यक्ति तथा भनाईबाट मनमा खिन्नता देखा पर्ने छ । त्यसैले अरुको कुरा धेरै सुन्ने वा त्यस कुराले खिन्नता हुने भन्दा आफै प्रति दृढ विश्वास राख्दै अघि बढ्नु उपयुक्त हुने छ । पेशागत जीवनमा अरुसँग जुधेर अघि बढ्नु पर्ने समय छ ।

मकर
आम्दानीमा केही बृद्धि हुने छ । पेशागत जीवनमा भने आँकलन नगरिएका अड्चनहरु देखा पर्ने हुँदा उतारचढाव देखा पर्ने छन् । मन उदास हुने छ । आफुलाई अरु भन्दा भाग्यहिन लाग्ने छ । चिसोले सताउने छ भने पानीजन्य विषयमा सतर्क रहनु होला । दाम्पत्य जीवनमा मधुरता देखिने छ भने जीवनसाथिको साथ र सल्लाहमा कदम चालेमा सहजता हुने छ ।

कुम्भ
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । पेशागत जीवनमा उतार–चढाव देखिने भएकाले संयमित भई कदमहरु चाल्नु होला । धेरै जोखिम भन्दा भए गरेका कामहरुलाई निरन्तरता नै उपयुक्त हुने देखिन्छ । आफुले सोचेको आम्दानी तथा लक्ष्यका विषयमा सन्तोषजनक नतिजा देखिने छैन् । जीवनसाथिको साथ वा सल्लाहसहित काम गरेमा जोखिमहरु कम हुन जाने छन् ।

मीन
दृढताले भरिएको व्यक्तित्व हुने छ । कतिपय सन्दर्भमा आवश्यकता भन्दा बढि दृढता समेत देखा पर्ने हुँदा अरुले घमण्डि भनि महशुस गर्ने छन् । जीवनसाथिको साथ र सहयोगले पेशागत जीवनमा महत्वपूर्ण भुमिका खेल्ने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या द्वन्दका क्रम देखिने छ ।

(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

प्रतिक्रिया