आज कुन राशीको दिन कस्तो ?

आज वि. सं. २०७८ साल पौष महिनाको ५ गते सोमबार, पौष कृष्णपक्षको द्वितीया तिथि ।
मेष
धन सम्पत्तिको बृद्धिसँग सम्बन्धित विषय मनमा तिब्रता आउने छ । बोली पनि प्रभावकारी बन्ने छ । बाठो प्रकृतिको व्यक्तित्व हुने छ । व्यवस्थापकीय क्षमतामा पनि दक्षता बृद्धि हुने छ । तर भाग्यको साथ नभएका कारण कतिपय विषयमा असफलता हात पर्ने छ ।
वृष
सुख सुविधाका साधन वा पदार्थहरुको प्रयोगमा भने सन्तोष मिल्ने छ । तर कमजोर मनोबल भएको व्यक्तित्व हुने छ । जसले गर्दा दुविधात्मक शैलीको व्यक्तित्व हुने छ । पेशागत जीवनमा समस्याहरु देखा पर्ने भएकाले सामना गर्दै अघि बढ्नु पर्ने छ । परिवारको साथ लिएर अघि बढेमा मद्धत प्राप्त हुने छ ।
मिथुन
पेशाप्रतिको लगावमा बृद्धि हुने छ भने आफ्नो पेशागत जिम्मेवारी राम्रोसँग निभाउन सकिने छ । पेशागत जीवनमा लाभ प्राप्त हुन जाने छ भने आम्दानीमा पनि बृद्धि देखा पर्ने छ । दाम्पत्य जीवनप्रति समर्पित हुने स्वाभावमा बृद्धि हुने छ ।
कर्कट
बोलीको प्रभावकारीमा बृद्धि हुने छ । कडा रिस हुन जाने भएकाले यस विषयमा विचार गर्नु होला । पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुने छ भने लाभ पनि हुने छ । मनमा दुविधाका मात्राहरु बढि नै देखिन जाँदा निर्णय क्षमतामा कमि आउने छ ।
सिंह
भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरु पुरा हुन जाने छन् । आम्दानीमा केही बृद्धि हुने छ । तर पेशागत जीवनमा भने अस्थिरताको सामना गर्नु पर्ने छ । शान्त स्वाभावको व्यक्तित्व हुँदाहुँदै पनि बोलीमा भने कटुताको तत्व रहने हुँदा यस विषयमा ध्यान दिनु होला । बौद्धिकताको मात्रामा बृद्धि हुने छ ।
कन्या
विदेश यात्रा गर्ने विचारले तिब्रता पाउने छ । मनमा नकारात्मक विचारहरुको श्रृङ्खलाले गर्दा उदासिनताको मात्रा बढ्न जाने छ । मन नियन्त्रण गर्ने प्रयास गर्नु पर्ने देखिन्छ । पेशागत जीवन स्थिर रहने छ भने आम्दानीमा पनि केही बृद्धि देखिने छ । बोलीमा कटुताको मात्रा देखा पर्ने भएकाले संयमित रहनु होला ।
तुला
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । बोली प्रभावकारी बन्ने छ । पेशागत जीवनमा शान्त भएर निर्णयहरु लिनु पर्ने समय रहेको छ । आम्दानीमा भने केही बढोत्तरी हुने हुने छ । मनोबलमा गिरावट आउँदा आफैले आँटेका कामहरु पनि सम्पन्न गर्न सक्ने विषयमा अन्योल जस्तो बन्न पुग्ने छ ।
वृश्चिक
बोलीमा नरमपना र शितलता देखा पर्ने छ । परिवारप्रति केन्द्रीत रहने व्यक्तित्व बन्ने छ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट पनि लाभ मिल्ने छ । पेशागत जीवन स्थिर रहने छ । आफ्नो लक्ष्य प्रति समर्पित हुने स्वाभाव हुने छ । व्यवस्थापकीय खुबीमा बृद्धि हुने हुँदा गरेका कामहरुमा सफलता प्राप्त हुने छ ।
धनु
बौद्धिक क्षेत्रमा प्रगति हुने छ भने ज्ञान र बुझाईको मात्रा फराकिलो बन्ने छ । चतुर व्यक्तित्व हुने छ । प्रतिष्पर्धीहरुको अभिव्यक्ति तथा भनाईबाट मनमा खिन्नता देखा पर्ने छ । त्यसैले अरुको कुरा धेरै सुन्ने वा त्यस कुराले खिन्नता हुने भन्दा आफै प्रति दृढ विश्वास राख्दै अघि बढ्नु उपयुक्त हुने छ । पेशागत जीवनमा अरुसँग जुधेर अघि बढ्नु पर्ने समय छ ।
मकर
आम्दानीमा केही बृद्धि हुने छ । पेशागत जीवनमा भने आँकलन नगरिएका अड्चनहरु देखा पर्ने हुँदा उतारचढाव देखा पर्ने छन् । मन उदास हुने छ । आफुलाई अरु भन्दा भाग्यहिन लाग्ने छ । चिसोले सताउने छ भने पानीजन्य विषयमा सतर्क रहनु होला । दाम्पत्य जीवनमा मधुरता देखिने छ भने जीवनसाथिको साथ र सल्लाहमा कदम चालेमा सहजता हुने छ ।
कुम्भ
प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । पेशागत जीवनमा उतार–चढाव देखिने भएकाले संयमित भई कदमहरु चाल्नु होला । धेरै जोखिम भन्दा भए गरेका कामहरुलाई निरन्तरता नै उपयुक्त हुने देखिन्छ । आफुले सोचेको आम्दानी तथा लक्ष्यका विषयमा सन्तोषजनक नतिजा देखिने छैन् । जीवनसाथिको साथ वा सल्लाहसहित काम गरेमा जोखिमहरु कम हुन जाने छन् ।
मीन
दृढताले भरिएको व्यक्तित्व हुने छ । कतिपय सन्दर्भमा आवश्यकता भन्दा बढि दृढता समेत देखा पर्ने हुँदा अरुले घमण्डि भनि महशुस गर्ने छन् । जीवनसाथिको साथ र सहयोगले पेशागत जीवनमा महत्वपूर्ण भुमिका खेल्ने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या द्वन्दका क्रम देखिने छ ।
(ज्यो. गुरु दिवाकर पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)

















पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
उपसभामुख ठाकुरले लिइन् शपथ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया