मंगलबार, पुष १, २०८२

ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु

मेरोन्यूज २०७८ पुष ५ गते १०:३४

काठमाडौँ । लालबन्दी नगरपालिका–९ स्थित पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा एक छात्रको आज बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका अनुसार टियुसन पढ्न जाने क्रममा पैदल हिडिरहेका बेला छात्रलाई ट्रकले ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

प्रतिक्रिया