एमालेको सदस्य चोर्न माधव नेपालको पार्टीले बनायो यस्तो कार्य योजना (सर्कुलरसहित)
प्रत्येक वडामा कम्तीमा १० टोली परिचालन गर्ने, प्रत्येक टोलमा कम्तीमा १० जनालाई पार्टी सदस्य बनाउने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले काठमाडौंमा संगठन विस्तारको ‘आक्रामक’ योजना बनाएको छ । एमालेमा रहेका र असन्तुष्ट बनेका नेता-कार्यकर्तालाई पहिलो प्राथमिकतामा राखेर नेकपा (एकीकृत समाजवादी)मा भित्र्याउने योजना पनि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले बनाएको छ ।
पौष २० गतेभित्र अभियान टोली बनाउने र माघ २ देखि शुरु गरेर पहिलो चरणको अभियान फागुन २ मा सक्ने गरी नेकपा (एकीकृत समाजवादी)ले प्रत्येक वडामा कम्तीमा १० टोली परिचालन गर्ने, प्रत्येक टोलमा कम्तीमा १० जनालाई पार्टी सदस्य बनाउने महत्वाकाांक्षी संगठन विस्तारको योजना अगाडी सारेको छ । जिल्ला कमिटीका सदस्यहरु मध्येबाट प्रत्येक क्षेत्रमा २ जना सदस्यलाई खाजा, खाना, फोन रिचार्ज वापत दश हजार प्रदान गर्ने गरी अभियान अवधि भरको लागि क्षेत्रीय कमिटीको सिफारिसमा पूर्ण कालिन सदस्य बनाउने योजना नेकपा एसको काठमाडौं जिल्ला संगठन समितिले बनाएको छ ।
प्रत्येक वडालाई न्युनतम १० वटा टोलमा विभाजन गर्ने र प्रत्येक टोलमा कम्तिमा १० जनालाई पार्टी सदस्य बनाउने, टोल कमिटी बनाई नयाँ सदस्यहरुलाई समेट्ने योजना बनेको नेकपा एसले जनाएको छ ।
टोलि परिचालित गर्दा, पुराना, असन्तुष्ट पार्टी सदस्यहरुलाई सम्पर्क राखी नवीकरण गरी पार्टीमा क्रियाशील हुन प्रेरित गर्ने, पार्टी छोडेर जाने असल ब्यक्तिहरुलाई पार्टीमा फर्काउन योजनाबद्ध ढंगले लाग्ने, समाजमा रहेका अब्बल युवा-विद्यार्थीहरुलाई सदस्यता लिन प्रोत्साहित गर्ने, महिलाहरुको पार्टी सदस्य संख्यामा बृद्धि गरी कम्तिमा एक तिहाई पु¥याउने, कुनै पनि पार्टीका सदस्य नभएका समाजका प्रतिष्ठित व्यक्तिहरुको पहिचान गरी भेटघाट गर्ने, सदस्यता प्रदान गर्न पहल गर्ने र चिन्ह र पार्टीको नामका कारण मात्र तत्कालिन पार्टी (एमाले)मा रहेका इमान्दार ब्यक्तिहरुसंग सम्पर्क, सम्बन्ध बढाउने योजना माधव नेपालको पार्टीले बनाएको छ ।
यसो गर्दा एमालेमा रहेका र असन्तुष्ट बनेका नेता कार्यकर्तालाई तान्न सकिने विश्वास नेकपा एसको छ । नगरपालिका तथा महानगरपालिकाका वडाहरुलाई टोल टोलमा विभाजन गरी प्रत्येक टोलका लागि जिल्ला कमिटी, क्षेत्रीय कमिटी, नगर कमिटी, वडा कमिटी तथा जनसंगठनका सदस्य सम्मिलित हुने गरी टोली निर्माण गर्ने र यस्तो टोलीमा केन्द्रीय कमिटी तथा प्रदेश कमिटीका सदस्यहरुको सहमति लिई केन्द्रीय कमिटी, प्रदेश कमिटीका सदस्यहरुलाई समेत परिचालनको योजना उसको छ ।
टोली निर्माणको लागि बैठकको अगुवाई जिल्ला कमिटीको तर्फबाट सम्बन्धित वडामा इञ्चार्जको रुपमा जिम्मेवारी प्राप्त जिल्ला कमिटीका सदस्यले गर्ने र सो बैठकमा सम्बन्धित वडामा रहेका माथिल्लो कमिटी, जिल्ला कमिटी, क्षेत्रीय कमिटी, नगर कमिटी, वडा कमिटी तथा जनसंंगठनका नेतालाई पनि आमन्त्रण गर्ने योजना नेकपा एसले बनाएको छ ।
प्रमुख अथिति, अतिथिको स्वागत र सम्मानलाई मितब्ययी बनाउनका लागि प्रमुख अथिति, अतिथिको स्वागत, सम्मानका लागि आवश्यकता अनुसार फुलको ब्यबस्था गर्ने र त्यसवाहेक अन्य सामाग्री प्रयोग नगर्ने नीति पनि नेकपा एसले बनाएको छ ।
प्रत्येक टोलमा रहेका युवा डाक्टर, इञ्जिनियर, वकिल लगायतका ब्यक्तिहरुको पहिचान गर्ने, विवरण तयार गर्ने र वडा स्तरिय भेला गरी उनीहरुका कुरा सुन्ने, पार्टीका धारणा बुझाउने, टोल टोलमा टोली परिचालन गर्दा वा टोलीले अधिकतम प्रयास गर्दा गर्दै पनि सोचे जति सफलता प्राप्त हुन नसकेमा वा विधान बमाजिमको कमिटी निर्माण हुन नसकेका वडाहरुमा क्षेत्र वा नगरमा रहेका जिल्ला कमिटीका सदस्यहरुबाट आवश्यक संख्यामा निश्चित समयको लागि थप शक्ति परिचालन गर्ने नीति पनि नेकपा एसले बनाएको छ ।
हेर्नुहोस नेकपा एसको संगठनात्मक अभियानको प्रस्ताव










५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
मुलुक निर्वाचनमा होमिइसक्याे : मन्त्री खरेल
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष श्रेष्ठ र सदस्य हाडाले लिए शपथ
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया