माओवादी केन्द्र वागमतीको नेतृत्वका लागि उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्र वागमती प्रदेश कमिटीका लागि हुनलागेको निर्वाचनमा उम्मेदवारी दर्ता भएको छ । माओावदी केन्द्रको निर्वाचन समितिले तोकिएको समयभन्दा केही ढिलो गरी उम्मेदवारी दर्ता भएको हो ।
निर्वाचन समितिका अनुसार अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । समितिका अनुसार अध्यक्षमा दिनानाथ गौतम र सरल सहयात्री पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार तीन उपाध्यक्षका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा दिपेन्द्र श्रेष्ठ, रुपा महर्जन, रामप्रसाद टुंगाना, मैनकुमार मोक्तान, शिव कोइराला ज्वाला, श्रीगोविन्द महर्जन, प्रेमबहादुर पुलामी छिन्तु, रामध्वज डल्लाकोटी, दिलबहादुर विक विनोद र अमरबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै एक सचिवका लागि चार जनाले उम्मेदवारी दिएका छन् । सचिवमा धर्म महर्जन, रामचन्द्र अधिकारी आरसी, इन्द्रबहादुर थिङ छिन्ताङ र अन्जानकुमार तिमिल्सिनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
यस्तै तीन सहसचिवका लागि १० जना र कोषाध्यक्ष एक पदका लागि तीन जनाको दावी परेको छ । माओवादी केन्द्र वागमती प्रदेशका लागि आज निर्वाचन हुने बताइएको छ । यसअघि सर्वसम्म नेतृत्व चयन गर्दै आएको माओवादीले पहिलो पटक निर्वाचन गराएको हो ।


















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया