माओवादीमा आन्तरिक निर्वाचन
माओवादीको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित (अरु क-कस्ले जिते ?)
काठमाडौ । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । अध्यक्षका अर्का उम्मेदवार दीनानाथ गौतमलाई पराजित गर्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन् । गौतम लाई ६१ भोटले उछिन्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन । जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा उनले १२३ मत ल्याए । गौतमले ६२ मत ल्याए ।
सचिवमा इन्द्र बहादुर थिङ छिन्ताङ निर्वाचित भएका छन् । सचिवका अर्का उम्मेदवार रामचन्द्र अधिकारी र धर्म डंगोललाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । उपाध्यक्ष ३ जनामा रुपा महर्जन, रामप्रसाद ढुगाना ,प्रेम बहादुर पुलामी , सहसचिव ३ जनामा प्रकाश श्रेष्ठ , दलबहादुर बुर्लाकोटि र माधब लामिछाने बिजयी भएका छन ।
माओवादीले प्रदेश सम्मेलनमा पहिलोपटक आन्तरिक निर्वाचन को बिधि बाट बागमती प्रदेश को पदाधिकारी चयन गरेको हो । काठमाडौं को बत्तिसपुतली को अनुपम फुडल्यान्ड अबेर राती सम्म भएको मतदान र मतगणना भएको थियो । प्रदेश पदाधिकारी चयन को लागि प्रदेश सदस्य हरु ले मतदान गरेका थिए । कुल २७५ मतदातामा २६१ मत खसेको थियो ।


















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया