३५ हजार बालबालिकालाई विद्यालयमै खोप

काठमाडौँ । तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा सबै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागेको हो ।
विद्यालयमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकालाई विद्यालयमै खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार खोप अभियान सञ्चालनका लागि सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण प्रदान गरिएको छ ।
“मोडर्ना खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरणसँगै खोप पनि दिएर पठाएका छौ,” उनले भने, “स्थानीय तहले यसको व्यवस्थापन मिलाउनेछन् ।”
जिल्लाको म्याग्दे गाउँपालिकाले पुस ८ गते १३ वटा विद्यालयमा अध्ययनरत बालबालिकालाई खोप लगाउने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार पाँच वटा विद्यालयमा खोप केन्द्र तय गरिएको छ । ती विद्यालयमा रहेका एक हजार पाँच सय छ विद्यार्थीलाई खोप लगाइनेछ ।
सरकारले ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरसम्मका बालबालिकाका लागि पुस ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ गतेदेखि १२ गतेसम्म दोस्रो मात्रा मोडना खोप अभियान सञ्चालन गर्दै छ । खोपहरू पूर्ण रूपमा सुरक्षित रहेकाले निर्धक्क भई बालबालिकालाई खोप लगाउन प्रेरित गर्न सरकारले आग्रह गरेको छ ।


















रोबोटले तोड्यो मानव कीर्तिमान
जयवागेश्वरी मन्दिरको ‘कलेवर’ फेरिँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया