शुक्रबार, वैशाख ११, २०८३

प्रतिनिधि सभा बैठक बस्दै, एमालले विरोध गर्ने

मेरोन्यूज २०७८ पुष ६ गते ८:१६

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।

Advertisement
NiccNicc

आजको बैठकमा दुई अध्यादेश प्रस्तुत हुने भएको छ । कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्य विधिसम्बन्धि ऐन संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्ने भएका हुन् ।

यसैबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठकमा विरोध गर्ने जनाएको छ । यसअघिका बैठकहरूमा समेत एमालले विरोध जनाउँदै आएको थियो ।

प्रतिक्रिया