सर्वोच्च प्रशासनको बार अध्यक्षलाई टेलिफोन : अदालत परिसरमा नाराबाजी अव नगर्नू

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गदै निरन्धर धर्ना र नारावाजीमा उत्रिरहेका कानुन ब्यवसायीहरुलाई प्रधानन्यायाधीस चोलेन्द्र सम्शेर राणाले अव नारावाजी र धर्ना सर्वाेच्च अदालत परिसरमा नगर्न चेतावनी दिएका छन् । प्रधानन्यायाधीसका तर्फबाट सर्वाेच्च प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई टेलिफोन गरी यस्तो चेतावनी दिएको हो ।
‘मलाई सर्वोच्च अदालत प्रशासनबाट सोमबार फोन आएको थियो । उहाँहरुले सर्वोच्च अदालतको मूलगेटमा प्रदर्शन नगर्न र माइक प्रयोग नगर्न चेतावनी दिनुभएको छ । हाम्रो आन्दोलनले अदालतको कामकारवाहीमा प्रभाव पर्ने भयो रे भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको निर्देशनमा सर्वाेच्च प्रशासनका मानिसहरुले हामीलाई प्रदर्शन नगर्न र प्रर्दशनमा अवरोध गर्न खोज्नुभएको होला । तर प्रधानन्यायाधीश जबराको राजीनामा नआउँदासम्म हाम्रो आन्दोलनका कार्यक्रम यथावत रहन्छ,’ नेपाल बारका अध्यक्ष श्रेष्ठले मेरोन्यूजलाई भने ।
सर्वाेच्च देखि उच्च अदालत र जिल्ला अदालत सम्म पेशी तोक्ने काम गोलाप्रथावाट हुन थालीसकेको र असन्तुष्टिका धेरै माग सम्वोधन भईसकेको भन्दै सम्वादवाटै समाधान खोज्न पनि बारलाई सर्वाेच्च प्रशासनले आग्रह गरिरहेको छ । तर वारले भने प्रधानन्यायाधीस राणाको राजीनामा नआउँदासम्म आन्दोलनका कार्यक्रम नरोकिने प्रष्ट पारेको छ ।
नेपाल बार एसोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले हरेक दिन बिहान ११ बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतको मूलगेटमा प्रदर्शन गर्दै आईरहेका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै उनीहरुले नाराबाजी र कोणसभा गरिरहेका छन् ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया