बुधबार, पुष २, २०८२

सर्वोच्च प्रशासनको बार अध्यक्षलाई टेलिफोन : अदालत परिसरमा नाराबाजी अव नगर्नू

मेरोन्यूज २०७८ पुष ६ गते ११:१५

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गदै निरन्धर धर्ना र नारावाजीमा उत्रिरहेका कानुन ब्यवसायीहरुलाई प्रधानन्यायाधीस चोलेन्द्र सम्शेर राणाले अव नारावाजी र धर्ना सर्वाेच्च अदालत परिसरमा नगर्न चेतावनी दिएका छन् । प्रधानन्यायाधीसका तर्फबाट सर्वाेच्च प्रशासनले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई टेलिफोन गरी यस्तो चेतावनी दिएको हो ।

‘मलाई सर्वोच्च अदालत प्रशासनबाट सोमबार फोन आएको थियो । उहाँहरुले सर्वोच्च अदालतको मूलगेटमा प्रदर्शन नगर्न र माइक प्रयोग नगर्न चेतावनी दिनुभएको छ । हाम्रो आन्दोलनले अदालतको कामकारवाहीमा प्रभाव पर्ने भयो रे भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको निर्देशनमा सर्वाेच्च प्रशासनका मानिसहरुले हामीलाई प्रदर्शन नगर्न र प्रर्दशनमा अवरोध गर्न खोज्नुभएको होला । तर प्रधानन्यायाधीश जबराको राजीनामा नआउँदासम्म हाम्रो आन्दोलनका कार्यक्रम यथावत रहन्छ,’ नेपाल बारका अध्यक्ष श्रेष्ठले मेरोन्यूजलाई भने ।

सर्वाेच्च देखि उच्च अदालत र जिल्ला अदालत सम्म पेशी तोक्ने काम गोलाप्रथावाट हुन थालीसकेको र असन्तुष्टिका धेरै माग सम्वोधन भईसकेको भन्दै सम्वादवाटै समाधान खोज्न पनि बारलाई सर्वाेच्च प्रशासनले आग्रह गरिरहेको छ । तर वारले भने प्रधानन्यायाधीस राणाको राजीनामा नआउँदासम्म आन्दोलनका कार्यक्रम नरोकिने प्रष्ट पारेको छ ।

नेपाल बार एसोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले हरेक दिन बिहान ११ बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतको मूलगेटमा प्रदर्शन गर्दै आईरहेका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै उनीहरुले नाराबाजी र कोणसभा गरिरहेका छन् ।

प्रतिक्रिया