कार्य व्यवस्थाको बैठक सकियो, दुई अध्यादेश पेश हुँदै
मेरोन्यूज
२०७८ पुष ६ गते १३:२९

काठमाडौँ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बस्नुअघिको कार्य व्यवस्थाको बैठक सकिएको छ । बैठकले कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले पेश गर्ने अध्यादेश र सांसद प्रेम सुवालको प्रस्तावमाथि छलफल हुने भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संसद भवनमा बसेको बैठकले मन्त्री बडुले यौन हिंसा अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी अध्यादेश २०७८ माथि छलफल हुने भएको छ ।
यस्तै, सांसद सुवालले दुवै अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव गर्ने भएका छन् । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित















पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
एमाले प्रमुख सचेतकमा ऐन महर
पार्सल पठाउने नाममा ठगी गर्ने लिम्बू पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया