विवेकशील साझाका संयोजक पाण्डेलाई पार्टीबाट निष्कासन

काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासनको घोषणा गरिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पाण्डेलाई पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरिएको हो ।
बैठकमा अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको भन्दै पाण्डेलाई निष्काशन गरिएको जानकारी गराएका थिए । विवेकशील साझामा अध्यक्ष मिश्र र संयोजक पाण्डेबीच राजनीतिक कार्यदिशालाई लिएर विवाद हुँदै आएको छ । यसअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । त्यसको जवाफ चित्तबुझ्दो नआएको भन्दै पाण्डेलाई निष्काशन गरिएको उल्लेख छ ।
विवेकशील साझाले पाण्डेलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिह्न तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी गराइन्छ ।’ पाण्डेले समानान्तर समिति घोषणा गरेकाले कारबाही गरिएको विवेकशील साझाले बताएको छ ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया