गण्डकीका मुख्यमन्त्री कांग्रेस केन्द्रीय सदस्य निर्वाचित
मेरोन्यूज
२०७८ पुष ७ गते ९:४७

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
पार्टीको १४औँ महाधिवेशनअन्तर्गत उनी गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । मंगलबार राति सार्वजनिक मतपरिणामअनुसार मुख्यमन्त्री पोखरेलले २ हजार ३ सय ६ मत प्राप्त गरी विजयी भएका हुन् ।
गण्डकी प्रदेशको खुलातर्फको दुई पदमा मुख्यमन्त्री पोखरेलसँगै तनहुँका ध्रुव वाग्लेले २ हजार ७ सय २० मत प्राप्त गरी निर्वाचित भएका छन् ।
महिलातर्फको केन्द्रीय सदस्य पदमा सरस्वती अर्याल तिवारी निर्वाचित भएकी छन् ।
निर्वाचन समितिकाअनुसार, पराजित शोभियतबहादुर अधिकारीले २ हजार ३४ र रेशमबहादुर बानियाँले १ हजार ९ सय ३८ मत प्राप्त गरेका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनअन्तरगत यहि मङ्सिर २७ गते काठमाडौंमा मतदान भएको थियो ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया