माओवादी राष्ट्रिय सम्मेलनमा १,५३३ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पुस ११ गतेदेखि काठमाडौंमा सुरु हुन लागेको राष्ट्रिय सम्मेलनमा १,५३३ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
माओवादी केन्द्रले बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा पत्रकार सम्मेलन गरी महाधिवेशनको तयारीबारे जानकारी दिएको हो ।
सम्मेलनमा आयोजक समितिका १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिस्ट १२५, विभिन्न आयोगबाट ७५ जना, केन्द्रीय विभागबाट १०२ जना र केन्द्रीय प्रतिनिधि २७ जना प्रतिनिधि सहभागी हुनेछन् ।
पार्टी प्रवक्ता कृष्णबहादुर महराकाअनुसार प्रदेशहरुबाट छनोट भएर आएका ८०३ जना र ७३ जना मनोनीत हुनेछन् ।
प्रदेश प्रतिनिधिहरु प्रदेश १ बाट ९६, प्रदेश २ बाट १०६, वागमतीबाट १२८, गण्डकीबाट ७४, लुम्बिनीबाट १०५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्पर्क समन्वय समितिहरुबाट ४३ जना छनोट हुनेछन् ।
सम्मेलनको लोगोमा मठ मन्दिर र धरहराको चित्र

माओवादी केन्द्रले सम्मेलनका लागि तयार गरेको लोगो पनि बुधबार सार्वजनिक गरेको छ ।
राष्ट्रिय सम्मेलनको लोगोमा माओवादीले मठमन्दिरहरु र धरहराको चित्र समावेश गरेको छ ।
‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ मुख्य नारा तय गरेको माओवादी केन्द्रले लोगोकोबीचको माथिल्लो भागमा अन्तर्राष्टिय कम्युनिस्ट नेताहरु राखेको छ ।
अन्तर्राष्टिय कम्युनिस्ट नेताहरुको मुनी कम्युनिष्ट झण्डा बोकेको जनता र जनताकाबीचमा अध्यक्ष प्रचण्डको तस्वीर राखिएको छ ।
सम्मेलनमा अतिथिहरु नबोलाउने
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा अतिथिहरु नबोलाउने भएको छ ।
पार्टी प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनमा अतिथिहरु नबोलाउने र तामझाम नहुने जानकारी दिए ।










मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया