काठमाडौँमा दुई दिन शैक्षिक मेला हुने

काठमाडौँ । “स्वदेशमै शिक्षा सबैको इच्छा” भन्ने मुख्य उद्देश्यका साथ दुई दिन शैक्षिक मेला हुने भएको छ । भिजन मिडिया इन्कर्पोरेशन र एजुकेशन डट कमको आयोजनामा काठमाडौँको वानेश्वरस्थित एभरेस्ट होटेलमा यही पुष ८ र ९ गते नेपालमा उच्च शिक्षा लिन चाहाने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेलाको आयोजना गरिएको हाे ।
सातौँ संस्करणको मेलाको टाइटल स्पोन्सर आईआईएमएस कलेज रहेको छ । दुई दिन विहान १० बजेदेखि साँझ ६ बजेसम्म काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिनेछन् ।
बिबिए, एमबिए, बिआईटी, बिआईएम, बिएचएम, बिटिटिएम, बिबिएम, बिएचसिम , बिएएसडब्लु, बिबिएस, बिएस्सी, सिएसआईटी, बि डेब्स, एसिसिए लगायत कोर्ष पढ्न चाहाने बिद्यार्थी मेलाबाट लाभान्वित हुने आयोजकले बताएको छ । मेलामार्फत नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थीहरुले निःशुल्क परामर्श लिन सक्नेछन् । मेलामा ४० भन्दा बढी कलेजहरु सहभागि हुने जनाइएको छ ।
















नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया