काठमाडौँमा दुई दिन शैक्षिक मेला हुने

काठमाडौँ । “स्वदेशमै शिक्षा सबैको इच्छा” भन्ने मुख्य उद्देश्यका साथ दुई दिन शैक्षिक मेला हुने भएको छ । भिजन मिडिया इन्कर्पोरेशन र एजुकेशन डट कमको आयोजनामा काठमाडौँको वानेश्वरस्थित एभरेस्ट होटेलमा यही पुष ८ र ९ गते नेपालमा उच्च शिक्षा लिन चाहाने विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेलाको आयोजना गरिएको हाे ।
सातौँ संस्करणको मेलाको टाइटल स्पोन्सर आईआईएमएस कलेज रहेको छ । दुई दिन विहान १० बजेदेखि साँझ ६ बजेसम्म काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिनेछन् ।
बिबिए, एमबिए, बिआईटी, बिआईएम, बिएचएम, बिटिटिएम, बिबिएम, बिएचसिम , बिएएसडब्लु, बिबिएस, बिएस्सी, सिएसआईटी, बि डेब्स, एसिसिए लगायत कोर्ष पढ्न चाहाने बिद्यार्थी मेलाबाट लाभान्वित हुने आयोजकले बताएको छ । मेलामार्फत नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थीहरुले निःशुल्क परामर्श लिन सक्नेछन् । मेलामा ४० भन्दा बढी कलेजहरु सहभागि हुने जनाइएको छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया