शुक्रबार, वैशाख ११, २०८३

रन्जु दर्शनाले छोडिन् विवेकशील साझा पार्टी

यही संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिन

मेरोन्यूज २०७८ पुष ८ गते ११:४७

काठमाडौं । विवेकशील साझा पार्टीको नेतृ रहेकी रन्जु दर्शनाले पार्टी परित्याग गरेकी छिन् । काठमाडौं महानगरपालिको मेयरको उम्मेदवार बनेर लोकप्रिय मत ल्याएपछि चर्चामा रहँदै आएकी दर्शनाले विहिवार दुइ पेज लामो वक्तब्य दिँदै पार्टी परित्याग गरेको बताएकी हुन् ।

Advertisement
NiccNicc


राजनीतिमा सके सफा गर्ने, नसके फोहोर नगर्ने भनेर प्रवेश गरेकी दर्शनाले आफू संलग्न पार्टीले नै वैकल्पिक राजनीतिको खोल ओढेर राजनीतिमा अत्यधिक फोहोर गरेको आरोप लगाउादै उनले उक्त पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् ।

यधपी उनले कुनै अर्काे पार्टीमा जाने बारेमा भने केही वताएकी छैनन । उनले अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिकरूपमा सक्रिय रहने बताएकी छिन् ।

हेर्नुहोस दर्शनाको वक्तब्यको पूर्ण पाठ

प्रतिक्रिया