चार्ल्स शोभराजलाई थुनामुक्त नगर्नुको कारण तीन दिनभित्र दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले बन्दी जीवन बिताइरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त गर्नु नपर्नाको कारण सरकारसँग मागेको छ ।
शोभराजको बन्दी प्रत्यक्षीकरण मुद्दामा बिहीबार सुनुवाई गर्दै न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले सरकारसँग तीन दिनभित्र जवाफ दिन माग गरेको हो ।
सर्वोच्चले शोभराजलाई ज्येष्ठ नागरिकले पाउने सुविधा पाउनुपर्ने हो कि होइन भनी लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
थुनामुक्त गर्नु नपर्ने कुनै कारण भए महान्यायाधिवक्ताको कार्यालय मार्फत् आदेश प्राप्त भएको मितिले बाटाका म्याद बाहेक तीन दिनभित्र जवाफ पेस गर्न अदालतले सरकारलाई आदेश दिएको छ ।
आफ्नो कैद अवधि भुक्तान भइसकेको दावीसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा उक्त आदेश भएको हो । रिट निवेदनमा ज्येष्ठ नागरिकले पाउनुपर्ने सुविधाअनुसार आफूले कैद भुक्तान गरिसकेको उल्लेख छ ।
अदालतले तोकेको सजाय आफूले भोगिसकेको भन्दै शोभराजले थुनामुक्त हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा पुस ७ गते बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।











सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
प्रतिक्रिया