चार्ल्स शोभराजलाई थुनामुक्त नगर्नुको कारण तीन दिनभित्र दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले बन्दी जीवन बिताइरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त गर्नु नपर्नाको कारण सरकारसँग मागेको छ ।
शोभराजको बन्दी प्रत्यक्षीकरण मुद्दामा बिहीबार सुनुवाई गर्दै न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले सरकारसँग तीन दिनभित्र जवाफ दिन माग गरेको हो ।
सर्वोच्चले शोभराजलाई ज्येष्ठ नागरिकले पाउने सुविधा पाउनुपर्ने हो कि होइन भनी लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
थुनामुक्त गर्नु नपर्ने कुनै कारण भए महान्यायाधिवक्ताको कार्यालय मार्फत् आदेश प्राप्त भएको मितिले बाटाका म्याद बाहेक तीन दिनभित्र जवाफ पेस गर्न अदालतले सरकारलाई आदेश दिएको छ ।
आफ्नो कैद अवधि भुक्तान भइसकेको दावीसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा उक्त आदेश भएको हो । रिट निवेदनमा ज्येष्ठ नागरिकले पाउनुपर्ने सुविधाअनुसार आफूले कैद भुक्तान गरिसकेको उल्लेख छ ।
अदालतले तोकेको सजाय आफूले भोगिसकेको भन्दै शोभराजले थुनामुक्त हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा पुस ७ गते बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
प्रतिक्रिया