शुक्रबार, वैशाख ११, २०८३

विद्यालयको वार्षिकउत्सवमा भाग लिन मुख्यमन्त्री पोखरादेखि नवलपुर !

मेरोन्यूज २०७८ पुष ८ गते २०:३५

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल विद्यालयको वार्षिक उत्सव कार्यक्रमको उदघाटन गर्न पोखरादेखि तनहुँ हुँदै नवलपुर पुगेका छन् ।

Advertisement
NiccNicc

विहीबार तनहुँको ब्यास नगरपालिका २ स्थित सत्यवति माध्यामिक विद्यालयको ४६ औं वार्षिक उत्सव एवम् अभिभावक दिवसमा भाग लिएर नवलपुरको विद्यालयको कार्यक्रममा भाग लिन पुगेका छन् ।

तनहुँको विद्यालयको वार्षिक उत्सव कार्यक्रममा सहभागी भएर उनी नवलपुर देवचुली नगरपालिका १६ रजहरस्थित देवचुली माविको कार्यक्रममा सरिक भएका थिए ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकास्थित रहजरमा रहेको देवचुली माध्यमिक विद्यालयको स्वर्णमहोत्सव उदघाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशमा शिक्षाको गुणस्तर वृद्धिका लागि व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखिएको बताए ।

प्रदेशका सबै जिल्लामा ‘प्रदेश प्रमुख शिक्षा सुधार कार्यक्रम’ ल्याएर सोही कार्यक्रम अन्तर्गत शिक्षा क्षेत्र बलियो र व्यवहारमा प्रयोग आउने गरी लागू गर्ने योजना बनाइएको मुख्यमन्त्री पोखरेलले बताए ।

गण्डकी प्रदेश सरकारले शिक्षा नीति बनाइसकेको भन्दै पोखरेलले सरकारले बनाएको शिक्षा नीतिलाई व्यवहारिक शिक्षामा बढी केन्द्रित गरेर योजना बनाउने बताए ।

अहिले युवा उच्च शिक्षा लिएर पनि प्रमाणपत्र लिने काम मात्रै भएको उल्लेख गर्दै पोखरेलले त्यो प्रमाणपत्रले रोजगार सिर्जना गर्न नसकेको बताए ।

देवचुली माध्यमिक विद्यालयले विहीबारदेखि सुरु गरेको स्वर्ण महोत्सव कार्यक्रममा विभिन्न शैक्षिक कार्यक्रम आयोजना गर्दै वैशाख १ गते समापन गर्ने जनाएको छ ।

प्रतिक्रिया