विद्यालयमै बेहोस छात्रको मृत्यु
काठमाडौँ । विद्यालयमा बेहोस भएका तनहुँका एक विद्यार्थीको मृत्यु भएको छ । तनहुँको बन्दिपुर गाउँपालिका १ स्थित पवित्रा माध्यमिक विद्यालयमा आठ कक्षामा अध्ययनरत १८ वर्षीय सुजन घलेको मृत्यु भएको हो ।
मुटु दुख्यो भनेर बेहोस भएका उनलाई डुम्रेस्थित मोती मेडिकल हल पठाइएको र त्यहाँबाट दमौली अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको पवित्रा माध्यमिक विद्यालयका अध्यक्ष हेमराज लामिछानेले जानकारी दिए । विद्यालयमै बिरामी परेपछि तत्काल उनलाई मेडिकल लगिएको थियो ।
धादिङ घर भई भानु नगरपालिका १३ आफन्तको घरमा बसेर पढिरहेका उनी मुटुको बिरामी थिए । मृतकका आफन्तलाई खबर गरिसकिएको छ ।
बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले ती विद्यार्थीमा पहिल्यैदेखि मुटुको समस्या रहेको जानकारी पाएको बताए । “मुटुको भल्वमा समस्या रहेको जानकारी पाएका थियौँ, गरिबीका कारण उपचार गराउन सकेका थिएनन्,” उनले भने ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
प्रतिक्रिया