शुक्रबार, वैशाख ११, २०८३

माओवादी केन्द्रको स्थायी समिति बैठक शुरु

राष्ट्रिय सम्मेलनको तयारी, अध्यक्षको दस्तावेज र नेकपा मसालवाट विद्रोह गरेर बनेको सम्पर्क केन्द्रसँगको एकताबारे छलफल हुने

मेरोन्यूज २०७८ पुष ९ गते १०:२६

काठमाडौं । आइतबारवाट शुरु हुने पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको घनीभूत तयारीमा जुटेको माओवादी केन्द्रको स्थायी कमिटिको वैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा विहान साढे ९ वजेवाट माओवादी केन्द्रको स्थायी कमिटि बैठक शुरु भएको हो ।

Advertisement
NiccNicc

अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय सम्मेलनमा पेश गर्ने राजनीतिक प्रस्ताव लेखनको काम करिव सकेपछि शुक्रवार स्थायी कमिटिको वैठक बसेको हो । त्यस्तै विधानमा माओवादीको पदाधिकारी कति रहने भन्ने लगायतका विषयमा विधानको संसोधनको तयारी गर्न बनेको कार्यदलको पारम्भिक छलफलपछिको निश्कर्ष र मोहन विक्रम सिंहको नकेपा मसालवाट विद्रोह गरेर बनेको सम्र्पक केन्द्रसँगको पार्टी एकता लगायतका विषयमा पनि स्थायी कमिटि बैठकमा छलफल हुने वताईएको छ ।

अध्यक्षले स्थायी कमिटिमा आफ्नो प्रतिवेदनको सारभूत विश्लेषण वैठकलाई जानकारी गराउने वताइएको छ ।

त्यस्तै विधानका विषयमा माओवादीको अवको राष्ट्रिय सम्मेलन पछि कति संख्याको पदाधिकारी बनाउने भन्ने विषयमा पनि कार्यदलले छलफलका आधारमा आजको वैठकमा जानकारी गराउने छन ।

मसालसाग विद्रोह गरेर माओवादीमा आजै एकताको प्रयासमा रहेको सम्र्पक केन्द्रलाई राष्ट्रिय सम्मेलनमा कसरी प्रतिनिधित्व गराउने, २७ जना केन्द्रीय प्रतिनिधि कसरी टुग्याउने र मनोनित प्रतिनिधी पनि कसरी टुग्याउने भन्ने वारेमा पनि माओवादीको स्थायी कमिटिमा छलफल हुादैछ ।

मसालसँग विद्रोह गरेर सम्र्पक केन्द्र बनाएका लोकेन्द्य्र लम्साल सन्तवहादुर नेपाली लगायत ३९ जिल्लाका सम्र्पक केन्द्रका नेता कार्यकर्ताले आज मध्यान्ह १२ वजे त्रिपुरेश्वरस्थित वल्र्ड टेड सेन्टरमा एक कार्यक्रम सहित माओवादी केन्द्रसँग एकताको औपचारिक घोषणा गदैछन् ।

त्यस्तै वैठकले राष्ट्रिय सम्मेलन अगाडी सम्भवत भोलि नै पार्टीको केन्द्रीय कमिटिको पनि वैठक बोलाउने तयारी गदैछ ।

प्रतिक्रिया