आफ्नै समुहको सहयोग नहुदाँ महामन्त्रीमा पराजित भए : प्रकाशशरण

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले आफ्नै टिमबाट भएको असहयोगका कारण महामन्त्री पदमा हार ब्यहोर्नुपरेको बताएका छन्।
१४ औं महाधिवेशनका महामन्त्रीका उम्मेद्वार डा. महतले शुक्रबार अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा पत्रकार सम्मेलन गरी नतिजा अपेक्षाअनुसार नआए पनि त्यसलाई स्वीकार गर्ने बताए।
‘बाधा ब्यवधानका बावजुद जुन मत पाएँ त्यो मलाई माया गर्नेहरुको मत हो। यसले मलाई उर्जा थपेको छ’ उनले भने, ‘टिमको आधारमा मतदान भए पनि इन्ट्याक्ट (एकजुट भएर) देखिएन। मैले सहयोग पाइन। कमी कमजोरी मबाटै रहेको होला। अरुलाई दोषारोपण गर्नुको कुनै अर्थ छैन।’
नेता महतले महामन्त्री तहमा मात्रै प्यानल बाहिर मत आएकोबारे पार्टीले मूल्यांकन गर्ने विश्वास व्यक्त गरेका छन्। उनले भने,‘ आफ्ना कमजोरी सुधारन अप्ठ्यारो मार्नुहुदैन् ।’
महाधिवेशनमा अधिकांश पदमा शेरबहादुर देउवा प्यानलका उम्मेदवार विजयी भए पनि महामन्त्रीमा भने संस्थापन बाहिरका गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका थिए।
‘अनेपेक्षित परिणामप्रति चासो र चिन्ता छ। काममा विश्वासमा गर्ने मान्छे हुँ। सुख दुःख भोगेको मान्छे हुँ। पद प्राप्तिका लागि उछल कुद गर्ने, नपाए सिरक ओढेर सुत्ने मान्छे होइन। झनै सकृय हुन्छु’ उनले भने । उनले पद नपाए पनि काम गर्ने प्रतिवद्धता जनाएका छन्। साथै, घात भए नभएको अनुसन्धान गर्न कार्यकर्तासँग आग्रह पनि गरे।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया