वैशाख १४ मा स्थानीय तह निर्वाचन गर्न आयोगको प्रस्ताव
एकै दिन संभव नभए पहिलो चरणको वैशाख १४ र दोस्रो चरणको वैशाख २२ गते गर्न सकिने आयोगको प्रस्ताव

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि आगामी वैशाख १४ गतेको मिति सरकारसमक्ष प्रस्ताव गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया लगायत निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री तथा मन्त्रीहरु वीचको छलफलमा आयोगले बैशाख १४ को निर्वाचन मिति प्रस्ताव गरेको हो ।
पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको बैशाख २२ गते निर्वाचन गर्न सकिने गरी आयोगले सरकारलाई प्रस्ताव गरेको हो ।
स्थानीय तहका पदाधिकारी पदावधि जेठ ५ गते सकिँदै छ । स्थानीय तह सञ्चालन ऐन अनुसार पदावधि सकिनु २ महिनाअघि निर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ ।
प्रधानमन्त्री तथा मन्त्रीहरुसँग गरेको छलफल पछि निर्वाचन आयोगले जारी गरेको विज्ञेप्ती मा पहिलो चरणमा सम्भव नभए दुई चरणमा निर्वाचनको मिति प्रस्ताव गरिएको उल्लेख छ ।
सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई सबै स्थानीय तहको निर्वाचन एकै दिन गर्नु उपयुक्त हुने हुँदा २०७९ वैशाख १४ गते बुधबारका दिन निर्वाचनको मिति तोक्न उपयुक्त हुने र यदि कुनै कारण एकै दिन निर्वाचन गर्न संभव नभएमा पहिलो चरणको वैशाख १४ गते बुधबार र दोस्रो चरणको वैशाख २२ गते बिहीबार गर्न सकिने व्यहोरा प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी गराउनुभएको थियो,ु आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया