माओवादीको सम्मेलनमा १६३१ प्रतिनिधी सहभागी हुने, १४८ जना प्रचण्डले छान्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को राष्टिय सम्मेलनमा १ हजार ६ सय ३१ जना प्रतिनिधी सहभागी हुने भएका छन् । शुक्रवार दोस्रो चरणमा बसेको बैठकले प्रतिनिधी सहभागी हुनेको संख्या टुग्गो लगाएको हो । माओवादीको राष्टिय सम्मेलन आइतबारवाट काठमाडौंमा शुरु हुँदैछ ।
तीन दिनसम्म चल्ने सम्मेलनमा केन्द्रीय समिति, सल्लाहकार समिति, जेष्ठ कम्युनिष्ट मञ्च, विभाग र प्रदेश सवैवाट गरी १४ सय ८३ जना प्रतिनिधी सहभागी हुने प्रवक्ता कृष्णवहादुर महराले जानकारी दिए । उनका अनुसार थप १० प्रतिशत अध्यक्ष प्रचण्डले चयन गर्नेछन् । कुल प्रतिनिधीको १० प्रतिशत मनोनित अध्यक्ष प्रचण्डले गर्ने र त्यो संख्या भनेको १४८ जना हुने महराले बताए ।
पार्टी एकताको क्रममा आएका र छुटेका लाई समेटेर अध्इक्षले प्रतिनिधी १४८ जना छान्नेछन् । सम्मेलन अगाडी स्थायी कमिटिको बैठक निरन्तर जारी रहने पनि प्रवक्ता महराले वताए । विहानको स्थायी समितिमा प्रचण्डले आफनो दस्तावेज वाचन गरेर सुनाएका थिए ।
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
प्रतिक्रिया