सुदूरपश्चिमका थप १२ मा कोरोना पुष्टि
मेरोन्यूज
२०७८ पुष ९ गते १९:४९
सुदूरपश्चिम प्रदेशमा आज थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ७०४ जनाको नमूना परीक्षण गर्दा १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआर विधिमार्फत सात र एन्टिजेन विधिमार्फत पाँच जनामा कोरोना देखिएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा चार र महाकाली अस्पताल तीन जनामा कोरोना पुष्टि भएको छ । एन्टिजेनमार्फत कञ्चनपुरका चार र कैलालीका एक जनामा सङ्क्रमण देखिएको हो ।
गएको २४ घण्टामा प्रदेशभर चार जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि बिहीबार यस प्रदेशमा सात जनामा सङ्क्रमण पुष्टि हुँदा चार जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया