कांग्रेस नेताहरू पौडेल, सिटौला र सिंह केन्द्रीय सदस्यमा मनोनित हुँदै
मेरोन्यूज
२०७८ पुष १० गते १०:३७

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्य समितिको बैठक बस्ने भएको छ । पार्टीको महाधिवेशनपछि बस्ने पहिलो बैठकले तीन जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने भएको छ ।
बैठकले नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
महाविधेशनमा नेता पौडेल र सिटौलाले कुनै पदमा उम्मेदवारी दिएका थिएनन् । पौडेल मौन बसेका थिए भने सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई साथ दिएका थिए ।
यस्तै, सिंहले सभापतिमा उम्मेदवारी दिएका थिए । सभापतिको पहिलो मतदानमा कोही सभापतिमा विजयी नभएपछि दोस्रोपटक उनले सभापतिमा देउवालाई साथ दिएका थिए ।
सम्बन्धित
















तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
प्रतिक्रिया