‘ए’ डिभिजन लिगः मच्छिन्द्रको रोमाञ्चक जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको खेलमा शनिवार मच्छिन्द्र क्लवले जित निकालेको छ ।
मनाङ मस्र्याङ्दीलाई १– ० ले पराजित गर्दै मच्छिन्द्रले जित हात पारेको हो । खेलको ९० मिनेटसम्म गोलरहित बराबरी भएकोमा मच्छिन्द्रका सुनिल बलले ९० मिनेटपछिको इन्ज्यूरी समयमा गोल गरी जित दिलाएका हुन् । सुनिलले फ्रि–किकमार्फत उत्कृष्ट गोल गरेका थिए ।
शनिवार भएको मच्छिन्द्र र मनाङको खेलमा सुनिल बल प्लेयर अफ द म्याच घोषित भए ।
आजको जितसँगै मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मनाङसँग प्रतिष्पर्धी रहेको मच्छिन्द्रले तीन अंक जोडेसँगै मनाङसँगको दूरी फराकिलो बनाएको छ ।
मछिन्द्र ६ खेलबाट १४ अंक जोडेर शीर्ष स्थानमा रहन पुगेको छ भने मनाङ ६ खेलबाट १३ अंकसहित दोस्रो स्थानमा रहन पुगेको छ ।
यसअघि शनिवार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लवले च्यासल युथ क्लवलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया