‘ए’ डिभिजन लिगः मच्छिन्द्रको रोमाञ्चक जित

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको खेलमा शनिवार मच्छिन्द्र क्लवले जित निकालेको छ ।
मनाङ मस्र्याङ्दीलाई १– ० ले पराजित गर्दै मच्छिन्द्रले जित हात पारेको हो । खेलको ९० मिनेटसम्म गोलरहित बराबरी भएकोमा मच्छिन्द्रका सुनिल बलले ९० मिनेटपछिको इन्ज्यूरी समयमा गोल गरी जित दिलाएका हुन् । सुनिलले फ्रि–किकमार्फत उत्कृष्ट गोल गरेका थिए ।
शनिवार भएको मच्छिन्द्र र मनाङको खेलमा सुनिल बल प्लेयर अफ द म्याच घोषित भए ।
आजको जितसँगै मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मनाङसँग प्रतिष्पर्धी रहेको मच्छिन्द्रले तीन अंक जोडेसँगै मनाङसँगको दूरी फराकिलो बनाएको छ ।
मछिन्द्र ६ खेलबाट १४ अंक जोडेर शीर्ष स्थानमा रहन पुगेको छ भने मनाङ ६ खेलबाट १३ अंकसहित दोस्रो स्थानमा रहन पुगेको छ ।
यसअघि शनिवार भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लवले च्यासल युथ क्लवलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया