क्षयरोग नियन्त्रणमा लगानी बढाउन माग
काठमाडौँ । नेपालमा क्षयरोगबाट मृत्यु हुनेको संख्या वर्षेनी बृद्धि भइरहेको छ । स्वास्थ्य कार्यालय बागलुङको तथ्यांकअनुसार हरेक वर्ष नेपालमा ६८ हजार क्षयरोगी भेटिने र तीमध्ये १७ हजार अकालमा मृत्यु हुने गर्दछ ।
कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले भने, “मृत्यु हुनेसँगै भेदभाव र लाञ्छनाले रोगीको सिंगो परिवार, समाज बढी चिन्तित र कमजोर बन्ने गरेका छन् ।” उनका अनुसार पछिल्लो समय क्षयरोग नियन्त्रणमा सरकारको लगानीवृद्धि भएको छैन । उनले जिल्लाको बडिगाड गाउँपालिका बढी प्रभावित भएको जानकारी दिए ।
क्षयरोग भएकालाई कोरोना संक्रमण, एचआइभी तथा अन्य संक्रामक रोगको बढी समस्या हुने बताइएको छ । स्वास्थ्य कार्यालयद्वारा हालै यहाँ आयोजित ‘लाञ्छना तथा भेदभावविरुद्धको अभियानसम्बन्धी अभिमूखिकरण कार्यक्रम’मा कार्यपत्र प्रस्तुत गर्दै क्षयकुष्ठ निरीक्षक घिमिरेले क्षयरोगमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिए । नेपालका कुल सङ्क्रमितमध्ये झन्डै ३७ प्रतिशतमा कुनै न कुनै रुपमा क्षयरोग सुषुप्त रुपमा रहेको उनले बताए ।
एचआइभी संक्रमणको अवस्था पनि डर लाग्दो रहेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले बताए । “क्षयरोग जस्तै एचआइभीको जोखिम पनि बढी छ”, उनले भने, “एचआइभी संक्रमण कम गर्न आप्रवासी कामदारको परिवार, लागूपदार्थ सेवनकर्ता र यौनकर्मीहरुमा बढी लगानी गर्नुपर्ने भएको छ ।”
उनले असुरक्षित यौन सम्पर्क र लागु पदार्थ सेवनकर्तामा ध्यान दिन सकेमा यो रोगबाट बच्न सकिने बताए । उनका अनुसार जिल्लामा पछिल्लो समय एउटै सुई प्रयोग गरेर लागुपदार्थ सेवनकर्ताबाट बढी संक्रमण देखिएको छ ।
रोकथामका उपायसँगै भेदभाव र लाञ्छना हुन नदिन पनि भूमिका खेल्नुपर्ने उनको भनाई थियो । कोरोना संक्रमण भएको व्यक्ति रोगले भन्दा लाञ्छनाले बढी कमजोर भएको अध्ययनले देखाएको कार्यालयका प्रमुख गुरौंले बताए ।


















मधेसका जिल्लामा भूतपूर्व सैनिक सम्मेलन
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
के एआईले जागिर खाइदिन्छ ?
Nepali diplomatic missions in various countries mark International Wellness Day
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अस्ट्रेलियाली सेनामा पहिलो महिला प्रमुख
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखकाे निर्देशन
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
प्रतिक्रिया