चुहावट नियन्त्रणमा फड्को मार्दै विद्युत प्राधिकरण
एक प्रतिशत चुहावट घटाउँदा नेपाल विद्युत् प्राधिकरणलाई झण्डै ७० करोड रुपैयाँ नाफा

काठमाडौँ । एक प्रतिशत चुहावट घटाउँदा नेपाल विद्युत् प्राधिकरणलाई झण्डै रु ७० करोड बराबरको मुनाफा हुन जान्छ । पछिल्ला दिनमा बिजुलीको चुहावटको मात्रामा वृद्धि भएको थियो । कोरोना कहरका कारण प्राधिकरणले अभियानका रुपमा चुहावट नियन्त्रणको कामलाई अगाडि बढाउन सकेको थिएन ।
कोरोनाका कारणले स्थानीय प्रशासनको सहयोगसमेत लिन सकेको थिएन । सोही कारण चुहावटको मात्रामा वृद्धि भएको थियो । कोरोनाको असर सामान्य भएको र जनजीवन नियमित प्रक्रियामा फर्केपछि प्राधिकरणले चुहावट नियन्त्रण अभियानलाई पुनः देशव्यापी रुपमा सञ्चालन गर्दा अपेक्षित नजिता हासिल भएको छ ।
झण्डै तीन प्रतिशतको हाराहारीमा चुहावट नियन्त्रण हुँदा त्यसबाट प्राधिकरणलाई झण्डै एक अर्ब ५० करोड बराबरको मुनाफा हुने अवस्था देखिएको छ ।
प्राधिकरणले चालू आव २०७८–७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत् चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा सीमित गरेको छ । यसबाट गुणात्मक प्रतिफल हासिल भएको प्राधिकरणको दाबी छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चुहावट नियन्त्रणको कामलाई स्थानीय प्रशासनसँग सहकार्य गरेर अगाडि बढाउन प्राधिकरणको नेतृत्वलाई निर्देशन दिएकी छन् ।
चुहावट नियन्त्रण गर्नु बिजुली उत्पादन गर्नु जस्तै भएको भन्दै उनले बिजुली चोरीमा संलग्नलाई कुनै पनि हालतमा छुट नदिन र कारबाहीको दायरामा ल्याउन स्पष्ट निर्देशन दिएकी छन् । मन्त्री भुसाल प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुन् ।
स्थानीय प्रशासनले चुहावट नियन्त्रणमा सहयोग गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नियमित रुपमा बिजुलीको खपत बढाउने अभियानसँगै चुहावट नियन्त्रणमा लागि परेका छन् । हरेक प्रदेश कार्यालय, स्थानीय वितरण केन्द्रलाई समेत चुहावट नियन्त्रणमा कुनै सम्झौता नगर्न स्पष्ट निर्देशन दिइएको परिणाम हासिल भएको कार्यकारी निर्देशक घिसिङको भनाई छ ।
नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालू आवको चार महिनामा २।८३ प्रतिशत विन्दुले घटाएर १४.३५ प्रतिशतमा सीमित गर्न सफल भएको हो ।
गत कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको हो । गत वर्षको कात्तिकसम्म वितरणतर्फको चुहावट १२.०१ प्रतिशत थियो ।
गत आवको चार महिनाको तुलनामा यस वर्ष वितरणतर्फको चुहावट २.७७ प्रतिशत बिन्दुले कम हो । प्राधिकरणले चालू आवमा विद्युत् चुहावट १५.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । पहिलो चार महिनामै लक्ष्यभन्दा कम चुहावट रहेकाले आबको बाँकी अवधिमा लक्ष्य पूरा हुने देखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया