ज्येष्ठ नागरिकको सुरक्षित र मर्यादित जीवनयापनमा ध्यान दिनु जरुरी छ– प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकप्रति सम्मान र आदर व्यक्त गर्नु तथा उनीहरूले विगतमा गरेका कार्य र योगदानप्रति कृतज्ञता व्यक्त गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।
प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७८ का अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस दिवसले समाजमा ज्येष्ठ नागरिकप्रति आदर, सद्भाव र सम्मान वृद्धि गरी उहाँहरूको सुरक्षित र मर्यादित जीवनयापनमा जोड दिन हामी सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
विसं २०५१ देखि पुस ११ गतेलाई ज्येष्ठ नागरिक दिवसका रुपमा मनाउने गरिए पनि सरकारको निर्णयानुसार पहिलोपटक देशव्यापीरूपमा ‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन लागिएको हो ।
ज्येष्ठ नागरिक जुनसुकै समाजका अग्रणी व्यक्तित्व र महत्वपूर्ण सामाजिक धरोहर हुन् भन्दै प्रधानमन्त्री देउवाले उनीहरु महत्वपूर्ण ज्ञान, सीप र अनुभवका भण्डार तथा शिष्टता, सदाचार र संस्कृतिका संवाहक पनि भएकाले उनीहरूले देखाएको र सिकाएको बाटोमा हिँडेर नै आज यो अवस्थामा आइपुगेका बताए । ज्येष्ठ नागरिकको उचित सम्मान र मर्यादा गर्न नसक्ने तथा उनीहरूले विगतमा हाम्रो समाज र राष्ट्रका लागि पु¥याएको योगदानलाई स्मरण र कदर गर्न नसक्ने समाजलाई सभ्य समाज मान्न नसकिने बताउँदै प्रधानमन्त्रीले भने, “ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्न र उहाँहरूको हकअधिकारलाई थप सुनिश्चित गर्न नेपाल सरकारले यस वर्षदेखि आजको दिनलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने निर्णय गरेको हो ।”
प्रधानमन्त्रीले आव २०७८÷७९ देखि ज्येष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरी स्वास्थ्योपचार समेतका लागि मासिक चार हजार उपलब्ध गराउँदै आएको र एक लाखसम्मको उपचार खर्चकोसमेत व्यवस्था गरिएको जानकारी दिए । प्रधानमन्त्री देउवाले पहिलोपटक देशव्यापीरूपमा मनाउन लागेको राष्ट्रिय ज्येष्ठ नागरिक दिवसले सम्पूर्ण ज्येष्ठ नागरिकमा सम्मान व्यक्त गर्दै उनीहरूको सुख, आरोग्य र मर्यादित जीवनयापनका लागि हार्दिक शुभकामना व्यक्त गरे ।
















सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया