माओवादी महाधिवेशन
एमालेसँग पुनः एकता हुने प्रचण्डको संकेत
इमान्दारितापूर्वक बोलेको भन्दै प्रचण्डले गरे देउवाको प्रशंसा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग पुनः एकता हुने संकेत गरेका छन् ।
आइतबारबाट काठमाडौंमा सुरु भएको आठौं महाधिवेशनको उदघाटन सत्रमा बोल्दै प्रचण्डले एमालेसँग भएको एकताबारे पुनः समिक्षा गर्नुपर्ने बताए ।
उनले एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेको एमाले महासचिव शंकर पोखरेलको कुरामा समर्थन जनाए ।
‘हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं । फेरि एकपटक आत्मसमिक्षा गरौं’, प्रचण्डले एमालेप्रति लक्षित गर्दै प्रश्न गरे, ‘हामी किन दुई ठाउँमा हुन पुग्यौं ?’
पार्टी एकता गर्नुको आफूहरुको उद्देश्य गलत नभएको नेता पोखरेलको भनाईमा प्रचण्डले समर्थन जनाए । प्रचण्डले यसबारेमा एमालेभित्र पनि पुनः समिक्षा गर्न आग्रह गरे ।
माओवादी अध्यक्ष प्रचण्डले महाधिवेशन उदघाटन समारोहमा बोलेका सबै नेताहरुको प्रशंसा गरे ।
उनले राप्रपादेखि क्रान्तिकारी माओवादी नेता सीपी गजुरेलको समेत प्रशंसा गरे । राप्रपा नेतृ कुन्ती शाहीले विचार नमिले पनि राष्ट्रियताको सवालमासँगै रहने भनी बताएको भन्दै प्रचण्डले प्रशंसा गरे ।
प्रचण्डले क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलको अभिब्यक्तिलाई आफूले गम्भीर ढंगले लिएको बताए । ‘यसअघि सीपीजीले तितो कुरा राख्नुहुन्थ्यो । आज उहाँको कुरा पनि गम्भीर ढंगले राख्नुभयो’, प्रचण्डले भने, ‘उहाँ बोलिसकेपछि तपाइँको नोट पनि रैछ, मलाइ दिन सक्नु हुन्छ भनेर मागेको थिएँ, उहाँले दिन्छु भन्नु भएको छ ।’
प्रचण्डले गजुरेलको अभिब्यक्ति ठूलो एतिहासिक सन्दर्भसहितको सकारात्मक सन्देशका रुपमा लिएको बताए ।
प्रचण्डले महाधिवेशनमा तयार गरेको दस्तावेजमा सबैभन्दा बढी आत्मालोचना आफ्नै गरेको पनि बताए ।











क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन
काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
झलनाथ पत्निलाई भेट्न पुगे प्रचण्ड र माधव
प्रतिक्रिया