माओवादी महाधिवेशन
माओवादी महाधिवेशनमा देउवाले भने– एमसीसी कहाँ छ राष्ट्रघाती ?
देउवा भन्छन्– यो गठबन्धन अगाडि पनि जाओस्

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
शुभकामना मन्तब्यको प्रारम्भमा संविधानको रक्षाकोबारेमा चर्चा गरेका प्रधानमन्त्री देउवाले मन्तब्यको अन्तिमतिर एउटा कुरा बोल्नै पर्ने भयो भनेर एमसीसीबारे धारणा सार्वजनिक गरेका हुन् ।
‘एमसीसी राष्ट्रघाती भन्ने गरिएको छ, एमसीसी कहाँ छ राष्ट्रघाती ?’ देउवाले भने, कहाँ लेख्या छ राष्ट्रघाती, पढ्नु पर्यो क्या ।’
उनले राष्ट्रघाती नै छ भने आफूले राष्ट्रघाती काम नगर्ने देउवाले स्पष्ट गरे । यदि यो राष्ट्रघाती नै छ भने मैले किन राष्ट्रघात गर्ने ? देउवाले प्रश्न गरे ।
देउवाले एमसीसीकाबारेमा सबै दलहरुबीच छलफल गरेर नै अघि बढ्ने बताए । तर उनले एमसीसी नेपालको हितमा रहेको भन्दै जोड दिए ।
‘एमसीसी एकदमै नेपालको हितमा छ । सित्तैमा आएको पैसा हो यो । किन खेर जान दिने ?’ देउवाले जोड दिए ।
..
प्रधानमन्त्री देउवाले पुष्पकमल दाहालकै अगुवाईमा संविधान बनेको भन्दै संविधान बनाउने कुरामा प्रचण्डको योगदान रहेको चर्चा गरे ।
उनले प्रचण्डको योगदानबाट नै यो संविधान बनेको भन्दै उनले संविधान उत्कृष्ट रहेको दाबी गरे ।
अधिकांश कार्यक्रममा छोटो बोल्ने देउवाले माओवादी महाधिवेशमा आफूले धेरै बोलेको समेत आफैले बताए ।
उनले अहिले पाँच दलीयप गठबन्धन बनेको चर्चा गर्दै यो गठबन्धन कसैको विरोधमा नभएको बताए ।
संसद भंग नहोस्, पूरा चलोस् भन्ने उद्देश्यले नै संविधान बनाइएको प्रधानमन्त्री देउवाको भनाइ थियो ।
संविधानको आधारमा नै पाँच दलीय गठबन्धन कसैंको खिलाफको गठबन्धन नभएको भन्दै ओलीलाई त्यसो नसोच्नसमेत आग्रह गरे ।
संसद बचाउनका लागि मात्रै गठबन्धन बनेको देउवाले स्पष्ट गरे । उनले यो गठबन्धन अझै अगाडि बढ्नुपर्ने बताए ।
‘म त के चाहन्छु भने अगाडि पनि यो गठबन्धन जाओस् ।’– देउवाले भने ।
प्रधानमन्त्री देउवाले शािन्त प्रक्रियाका केही कुराहरु बाँकी रहेको उल्लेख गर्दै त्यो सबै समाधान गरेर सदाका लागि स्थायी शान्ति होस् भन्ने आफूले चाहेको बताए ।
















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया