मंगलबार, वैशाख ९, २०८२

एसीसी यु–१९ एसिया कप: एक खेल अघि नै नेपाल समूह चरणबाट बाहिरियो

मेरोन्यूज २०७८ पुष ११ गते १९:४९
फाइल तस्वीर

काठमाडौं । एक खेलअघि नै नेपाल एसीसी यू १९ एसिया कप क्रिकेटकाे समूह चरणबाट बाहिरिएको छ ।

आइतबार भएको खेलमा नेपाल श्रीलंकासँग ६० रनले पराजित हुँदै एसीसी यु–१९ एसिया कपकाे समूह चरणबाट बाहिरिएको हो ।

आइतबार भएको दोस्रो खेलमा श्रीलंकासँग पराजित भएपछि नेपाल समूह ‘बी’ बाट सेमिफाइनल पुग्न वञ्चित भएको हो । ३ सय २३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४७.५ ओभरमा अल आउट हुँदै २६२ रनमा समेटियो ।

नेपालका लागि विकेट किपर समेत रहेका ब्याटर अर्जुन साउदले सर्वाधिक ६४ रनको अर्धसतकीय इनिङ्स खेले । विवेक यादवले ४६ रन बनाउँदा बसिर अहमदले ४३ रनको योगदान दिए ।

यस्तै सन्तोष कार्कीले ३४ र कप्तान देव खनालले २८ रन बनाए ।

श्रीलंकाका मथिशा पथिराना र रभीन डी सिल्भाले समान ३–३ विकेट लिए ।

यश अघि युएईको सारजाहमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले सदिश राजापाक्ष र चामिन्दु बिक्रमसिंघेको शतक मद्दतमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२२ रन बनाएको हो ।

श्रीलंकाका सदिश राजापाक्षले सर्वाधिक १३१ रन बनाए । यस्तै चामिन्दु विक्रमसिंघेले १११ रनको योगदान दिए ।

नेपालका मोहम्मद आदिल खानले दुई तथा कप्तान देव खनालले एक विकेट लिए । नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो ।

दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल हारसँगै एक खेल अघिनै प्रतियोगिताबाट बाहिरिएको हो । अब नेपालले अन्तिम खेलमा कुवेतको सामना गर्नेछ ।

नेपाली टिममा देव खनाल (कप्तान), अरुज साउद (विकेट किपर), बसन्त कार्की, बसिर अहमद, विवेककुमार यादव, गुल्शनकुमार झा, शेर मल्ल, तिलक राजभण्डारी, मोहमद आदिल अलाम, सन्तोष कार्की, विवेक मगर छन् ।

प्रतिक्रिया