एसीसी यु–१९ एसिया कप: एक खेल अघि नै नेपाल समूह चरणबाट बाहिरियो

काठमाडौं । एक खेलअघि नै नेपाल एसीसी यू १९ एसिया कप क्रिकेटकाे समूह चरणबाट बाहिरिएको छ ।
आइतबार भएको खेलमा नेपाल श्रीलंकासँग ६० रनले पराजित हुँदै एसीसी यु–१९ एसिया कपकाे समूह चरणबाट बाहिरिएको हो ।
आइतबार भएको दोस्रो खेलमा श्रीलंकासँग पराजित भएपछि नेपाल समूह ‘बी’ बाट सेमिफाइनल पुग्न वञ्चित भएको हो । ३ सय २३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४७.५ ओभरमा अल आउट हुँदै २६२ रनमा समेटियो ।
नेपालका लागि विकेट किपर समेत रहेका ब्याटर अर्जुन साउदले सर्वाधिक ६४ रनको अर्धसतकीय इनिङ्स खेले । विवेक यादवले ४६ रन बनाउँदा बसिर अहमदले ४३ रनको योगदान दिए ।
यस्तै सन्तोष कार्कीले ३४ र कप्तान देव खनालले २८ रन बनाए ।
श्रीलंकाका मथिशा पथिराना र रभीन डी सिल्भाले समान ३–३ विकेट लिए ।
यश अघि युएईको सारजाहमा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले सदिश राजापाक्ष र चामिन्दु बिक्रमसिंघेको शतक मद्दतमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२२ रन बनाएको हो ।
श्रीलंकाका सदिश राजापाक्षले सर्वाधिक १३१ रन बनाए । यस्तै चामिन्दु विक्रमसिंघेले १११ रनको योगदान दिए ।
नेपालका मोहम्मद आदिल खानले दुई तथा कप्तान देव खनालले एक विकेट लिए । नेपाल पहिलो खेलमा बंगलादेशसँग १५४ रनले पराजित भएको थियो ।
दोस्रो खेलमा जित्नै पर्ने दबाबमा रहेको नेपाल हारसँगै एक खेल अघिनै प्रतियोगिताबाट बाहिरिएको हो । अब नेपालले अन्तिम खेलमा कुवेतको सामना गर्नेछ ।
नेपाली टिममा देव खनाल (कप्तान), अरुज साउद (विकेट किपर), बसन्त कार्की, बसिर अहमद, विवेककुमार यादव, गुल्शनकुमार झा, शेर मल्ल, तिलक राजभण्डारी, मोहमद आदिल अलाम, सन्तोष कार्की, विवेक मगर छन् ।

















बाजुरामा स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार
प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरमा पूजा
Gold, silver prices slide
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
चितवनमा हुरीका कारण केराखेतीमा क्षति
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
प्रतिक्रिया