कांग्रेस प्रदेश २ अधिवेशन : सदस्यमा कान्छो उम्मेदवार नितेशकुमार विजयी
मेरोन्यूज
२०७८ पुष १२ गते १२:४१

काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन गएराति आएको मतपरिमाणसँगै सम्पन्न भएको छ । जसमा सदस्यमा प्रदेशकै कान्छो उम्मेदवार नितेशकुमार गुप्ता निवार्चित भएका छन् ।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी उदय शंकर राउत लाई ४०० भन्दा बढी मतले पछि पार्दै विजयी हासिल गरेका हुन् ।
उनी आरक्षण कोटा अन्तर्गत अपाङ्ग अल्पसंख्यक कोटाबाट प्रदेश सदस्य बनेका हुन् । गुप्ता रौतहट जिल्ला निवासी हुन् । गुप्ता हाल ३२ वर्ष मात्रै पुग्दैछन् ।
नेता गुप्ता सभापति देउवा समुहबाट कृष्ण यादवको प्यानलमा सबैभन्दा कम उमेरका उम्मेदवार रहेका थिए । । सभापति,उपसभापति र महामन्त्री नतिजा यसअघि नै नतिजा आइसकेकाे छ ।
कांग्रेस प्रदेश २ अधिवेशनको निर्वाचनमा संस्थापन पक्ष प्यानल नै विजयी भएको छ । कांग्रेस प्रदेश २ अधिवेशन पुस ८ गतेबाट सुरू भएकाे थियाे ।
सम्बन्धित









हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया