कांग्रेस प्रदेश २ अधिवेशन : सदस्यमा कान्छो उम्मेदवार नितेशकुमार विजयी
मेरोन्यूज
२०७८ पुष १२ गते १२:४१

काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन गएराति आएको मतपरिमाणसँगै सम्पन्न भएको छ । जसमा सदस्यमा प्रदेशकै कान्छो उम्मेदवार नितेशकुमार गुप्ता निवार्चित भएका छन् ।
उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी उदय शंकर राउत लाई ४०० भन्दा बढी मतले पछि पार्दै विजयी हासिल गरेका हुन् ।
उनी आरक्षण कोटा अन्तर्गत अपाङ्ग अल्पसंख्यक कोटाबाट प्रदेश सदस्य बनेका हुन् । गुप्ता रौतहट जिल्ला निवासी हुन् । गुप्ता हाल ३२ वर्ष मात्रै पुग्दैछन् ।
नेता गुप्ता सभापति देउवा समुहबाट कृष्ण यादवको प्यानलमा सबैभन्दा कम उमेरका उम्मेदवार रहेका थिए । । सभापति,उपसभापति र महामन्त्री नतिजा यसअघि नै नतिजा आइसकेकाे छ ।
कांग्रेस प्रदेश २ अधिवेशनको निर्वाचनमा संस्थापन पक्ष प्यानल नै विजयी भएको छ । कांग्रेस प्रदेश २ अधिवेशन पुस ८ गतेबाट सुरू भएकाे थियाे ।
सम्बन्धित
















सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया