शुक्रबार, पुष ४, २०८२

तस्बिरमा हेर्नुहोस् माओवादी केन्द्रको बन्दसत्र

मेरोन्यूज २०७८ पुष १२ गते १३:१०

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ अधिवेशनको बन्दसत्र सुरू भएको छ । काठमाडौंको प्रज्ञा भवनमा जारी माओवादी केन्द्रको आठौँ अधिवेशनको बन्दसत्र सुरू भएको हो । अधिवेशनको बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

यस्तै बन्दसत्र सञ्चालन गर्न सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्ष मण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, परशुराम तामाङ, परशुराम रम्तेल, पूर्णाकुमारी सुवेदी र रूपा श्रेष्ठ छन् । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ । आइतबारबाट सुरु भएको महाधिवेशन १५ पुससम्म चल्नेछ ।

तस्बिर : न्युज कारखाना

प्रतिक्रिया