शनिबार, पुष ५, २०८२

फेसन शो आयोजना

मेरोन्यूज २०७८ पुष १२ गते १३:५२

काठमाडौँ । ‘आइसी डिजाइनर रनवे १०’ फेसन शो शुक्रबार सम्पन्न भएको छ । बौद्धस्थित हायत रिजेन्सी होटलमा सेलिब्रेटी देखि मोडलसम्मले २१ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइनलाई ¥याम्पमा प्रस्तुत गरेका थिए ।

आइसी कलेज र नेक्स्ट मोडल्स नेपालको संयुक्त रुपमा गरेको फेसन शोमा अभिनेत्री स्वस्तिमा खड्का, केकी अधिकारी, सारा सिर्पाली, सुशील श्रेष्ठ, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, सुपर मोडल सविता काकीले ¥याम्प वाक् गरेकी थिइन् । ‘आइसी डिजाइनर रनवे १०’ मा २८ महिला र ८ पुरुष मोडल गरेर ३६ मोडलले ७३ जना डिजाइनरका पहिरनलाई ¥याम्पमा प्रस्तुत गरेका थिए ।

विगत धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको ‘आइसी डिजाइनर रनवे’ फेसन शोमा नग्मा श्रेष्ठ, अस्मि श्रेष्ठ, अनुराधा कोइराला, अभिनेत्री निसा अधिकारी, क्रिकेटर शरद भेस्वाकरलगायतका विशिष्ट ब्यक्तिहरु सेलिब्रेटीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया