नवलपरासीको जर्गाहामा सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा सुरु
मेरोन्यूज
२०७८ पुष १२ गते १५:५९

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवलपरासीको जर्गाहामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
नवलपरासी नगरपालिका ११ स्थित जर्गाहामा ८९ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको बैंकका प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिए ।
उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी लक्ष्मण आचार्यलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ८९ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया