माओवादी महाधिवेशन
प्रचण्डको दस्तावेजमा ‘प्रचण्डपथ’को समिक्षा
कार्यकर्तालाई कृषि कार्यमा लगाउन प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेजमा प्रचण्डपथको समिक्षा गरिएको छ ।
माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनमा प्रचण्डले प्रस्तुत गरेको एक सय पृष्ठ लामो राजनीतिक दस्तावेजमा प्रचण्डपथको बारेमा समिक्षा गरिएको छ ।
‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक प्रचण्डको राजनीतिक दस्तावेजमा प्रचण्डपथ स्थगन गर्नु गल्ती भएको उल्लेख गरिएको छ । उनले आफ्नो दस्तावेजमा प्रचण्डपथ स्थगन गर्नु गल्ती भएको भन्दै आत्मालोचना गरेका छन् । आइतबार महाधिवेशनको उदघाटन सत्रमा पनि प्रचण्डले आफ्नो दस्तावेजमा आफ्नै आलोचना बढी गरेको उल्लेख गरेका थिए ।
कार्यकर्तालाई कृषि कार्यमा लगाउन प्रस्ताव
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक दस्तावेजमा पार्टी कार्यकर्तालाई कृषि कार्यमा लगाउँदै श्रममा जोड्नुपर्ने प्रस्ताव पनि गरेका छन् ।
महाधिवेशनको बन्दसत्रमा दुई घण्टा भन्दा बढी समय लगाएर प्रचण्डले बाचन गरेको प्रतिवेदनमा पार्टीलाई उत्पादनसँग जोड्नुपर्ने भन्दै युवा कार्यकर्तालाई कृषि कर्ममा लगाउनुपर्ने उल्लेख गरिएको छ ।
गएको निर्वाचनमा नेतृत्व तहमा जित हासिल गरेको स्थानीय तह तथा संठन मजबुत भएको स्थानीय तहमा ५० ५० जना युवा परिचालन गरी कृषि काममा लगाउनुपर्ने प्रस्ताव गरिएको छ ।
त्यसबाहेक हरेक कार्यकर्ताले वर्षमा कम्तिमा १५ दिन अनिवार्य श्रममा जोडिनुपर्ने प्रस्ताव पनि प्रचण्डको दस्तावेजमा छ ।
एक वर्षमा कम्तीमा १५ दिन पार्टीका नेता कार्यकर्तालाई श्रम गर्नुपर्ने र त्यसको रेकर्ड पार्टी केन्द्रमा पठाउनुपर्ने प्रस्ताव दस्तावेजमा छ ।















बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका: टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
रेडमी नोट १५ फाइभ जी नेपालमा, कति पर्छ मूल्य ?
इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड कार्यक्रम
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
प्रतिक्रिया