प्रचण्डको दस्तावेजः जनवादी क्रान्ति सम्पन्न, समाजवाद प्राप्तिको बाटो खोजी गरिँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दस्तावेज प्रस्तुत गरेका छन् ।
माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सोमवारदेखि सुरु भएको छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक तथा वैचारिक दस्तावेज प्रस्तुत गरेका छन् ।
त्यसैगरी, नेता देव गुरुङले पार्टीको विधान मस्यौदा प्रस्तुत गरेका छन् । प्रचण्डले पेश गरेको दस्तावेजमाथि छलफल गर्नका लागि २५ वटा समुह विभाजन गरिएको छ । मंगलवारदेखि समुहगत छलफल सुरु हुने भएको छ ।
अध्यक्ष दाहालले प्रस्तुत गरेको दस्तावेजमा नेपाली मौलिकता र विशेषतासहितको नेपाली पुँजिवादी क्रान्ति सम्पन्न भएको र नेपाली मौलिकता र विशेषताको समाजवाद प्राप्तीका लागि अघि बढ्ने कुरा उल्लेख भएको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले बताए ।
समाजवाद प्राप्तिको बाटो र प्रक्रिया पनि आफ्नै प्रकारको हुने मुल विषयवस्तु दस्तावेजमा रहेको उनले बताए ।
‘नेपाली मौलिकता र विशेषतासहित नेपाली पुँजिवादी जनवादी क्रान्ति सम्पन्न भयो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली मौलिकता र विशेषतामा आधारित हो र आगामी हामीले जो समाजवादको कुरा गरिरहेका छौँ, समाजवाद पनि नेपाली मौलिकता र विशेषताको हुनेछ । समाजवाद प्राप्तिको बाटो र प्रक्रिया पनि हाम्रो आफ्नो हुनेछ भन्ने कुरा यसको मुल थिम रहेको छ ।’– बस्नेतले भने ।
आइतवारदेखि सुरु भएको माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन पाँच दिनसम्म चल्ने भएको छ ।
















सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया