एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकता हुँदै
मेरोन्यूज
२०७८ पुष १२ गते २०:२५

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकता हुने भएको छ ।
मंगलबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रम गरी पार्टी एकता घोषणा गर्न लागिएको एकीकृत समाजवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
एकीकृत समाजवादीसँग पार्टी एकता गर्न लागेको नेकपा जनवादीको महासचिव डीएस महता छन् भने प्रवक्ता दिनेश थापा छन् ।
गत वर्षको पुसमा स्वास्थ्य तथा शिक्षा निःशुल्क हुनुपर्ने लगायतका ५२ बुँदे माग राखी महतासहितका नेताहरु धर्नामा बसेका थिए ।
पटक पटक पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (जनवादी) का महासचिव डीएस महता, भरत धनाडी, ललन सिंह र किशोर सिंहको जीवन रक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले अपिलसमेत गर्नुपरेको थियो ।
यसअघि संसद विघटनविरुद्ध पनि जनवादी आन्दोलनमा उत्रिएको थियो ।
सम्बन्धित
















दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल
गाजा युद्ध पछि पहिलो पटक मतदान अभ्यास गर्दै प्यालेस्टिनीहरू
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया