शनिबार, वैशाख १२, २०८३

अमेरिका युद्धमा जाने तयारीमा रहेको प्रचण्डको विश्लेषण

विश्वका ११ मुलुक जसले सुरक्षा सैन्य क्षेत्रका के मा कति लगानी गरेका छन् ? प्रचण्ड दस्तावेजमा रहेको तथ्यांकसहित

मेरोन्यूज २०७८ पुष १२ गते २१:३८

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिका अझै युद्धको तयारीमा रहेको उल्लेख गरेका छन् । पार्टीको आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डले ४५ पृष्ठ लामो राजनीतिक दस्तावेज दुई घण्टा १८ मिनेट लगाएर वाचन गदै अमेरिका आफू मात्रै नभई आफ्ना साझेदारहरूलाई समेत लिएर युद्धमा जाने तयारीमा रहेको उल्लेख गरेका हुन् ।

Advertisement
NiccNicc

हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथै विभिन्न देशमा थप सैन्य अड्डा बढाउने र सुदृढ गर्ने योजनामा रहेको प्रचण्डको दस्तावेजमा छ । उनले विश्वका १० धनी देशहरुसँग कति सम्पत्ति छ र विश्वका ११ देशहरुले सुरक्षा सैन्य क्षेत्रमा गरेको लगानी विवरण के छ भन्न्े सम्मको पनि तथ्यांक पेश गरेका छन् ।

हालै अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्तिले अमेरिका थप युद्धमा संलग्न रहने स्पष्ट संकेत गरेको पनि प्रचण्डको दस्तावेजमा छ ।
बाइडेनको शासनले अमेरिका र चीनबीचको संघर्ष लोकतन्त्र र निरंकुशतन्त्र बीचको लडाइँको रूपमा व्याख्या गरिएको भन्दै प्रचण्डले हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्नका लागि अमेकरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुका साथै विभिन्न देशमा थप सैन्य अड्डा बढाउने र सुदृढ गर्ने योजना बनाएको आफनो दस्तावेजमा उल्लेख गरेका छन् ।

प्रचण्डले दस्तावेजमा ११ देशसँग सैन्य सुरक्षा क्षेत्रमा के कसरी लगानी भईरहेको भन्ने तथ्यलाई यसरी देखाएका छन् ।

प्रतिक्रिया