प्रचण्डको प्रतिवेदनमाथि आजदेखि छलफल हुँदै, कति छन् समूह ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी ८ औँ महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक र विधान प्रतिवेधनमाथि आजदेखि छलफल हुने भएको छ ।
अध्यक्ष प्रचण्डले सोमबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न २५ समूह बनाइएको छ । जसका लागि प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ ।
छलफलमा सहभागी हुने समूहका संयोजक र ठाउँहरू
समूह १, ज्येष्ठ क्युनिस्ट मञ्च– एमके प्रसाईं (संयोजक), ठाउँ मञ्च अगाडि ।
समूह २ र ३, सल्लाहकार परिषद– नन्दकुमार थापा (संयोजक), मञ्चको दायाँबायाँ, १३९ को आधा आधा विभाजन गरेर दुई वटा ।
समूह ४ र ५, प्रदेश १ का प्रतिनिधि– हर्क नेम्वाङ (संयोजक), ठाउँ भानुभक्त हल ।
समूह ६ र ७, प्रदेश २ का प्रतिनिधि– गणेश साह (संयोजक), पारिजात हल, यो पनि दुई भागमा ।
समूह ८ र , लुम्बिनी प्रदेशका प्रतिनिधि– चक्रपाणि खनाल (संयोजक), सिद्विचरण हल, पुस्तकालय ।
समूह १० र ११, गण्डकी प्रदेशका प्रतिनिधि– गायत्री गुरूङ (संयोजक), पेरिसडाँडा ।
समूह १२, प्रवास समितिका प्रतिनिधि– लक्ष्मण पन्त ९संयोजक०, पेरिसडाँडा मजदुर हल
समूह १३ र १४, कर्णाली प्रदेशका प्रतिनिधि– विमला केसी (संयोजक), एनवान पार्टी प्यालेस, बानेश्वर, दुई वटा हलमा ।
समूह १५ र १६, सुदूरपश्चिम प्रदेशका प्रतिनिधि– खगराज भट्ट (संयोजक), एवान पार्टी प्यालेस ।
समूह १७ र १८, केन्द्रीय विभागका प्रतिनिधि– मायाप्रसाद शर्मा (संयोजक), क्वालिटी ब्यांकेट, बुद्धनगर ।
समूह १९, विशेष प्रदेशका प्रतिनिधि– जगत सिंखडा (संयोजक), क्वालिटी ब्यांकेट, बुद्धनगर ।
समूह २० र २१, सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि– श्रीकृष्ण अधिकारी (संयोजक), क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार ।
समूह २२ र २३, बागमती प्रदेशका प्रतिनिधि– सरल सहयात्री (संयोजक), काठमाडौं ब्याकेट ।
समूह २४, सम्पूर्ण आयोगका प्रतिनिधि– विष्णुविकास श्रेष्ठ (संयोजक), काठमाडौँ व्यांकेट ।
समूह २५, जबस, मोर्चाका इन्चार्जहरू, एकता प्रक्रियामा आएकाहरू– अमृता थापा (संयोजक), काठमाडौं ब्याकेट ।















चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गर्दै राष्ट्र बैंक
अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल
क्रोकस हमलाका दोषीलाई आजीवन जेल
बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको निधन
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
प्रतिक्रिया