प्रचण्डको दस्तावेजमा वैद्य माओवादीको प्रारम्भिक टिप्पणी
प्रचण्डका दस्तावेजमा भ्रमित पार्ने विषय मात्रै छन्

प्रचण्डले आफनो पार्टीको महाधिवेशनमा पेश गरेको दस्तावेजको सारभूत कुरा हेर्ने सुन्ने मौका पाइयो । उहााले पटक–पटक यस्ता कुरा उठाउने गर्नुभएकै छ । अहिले उठाएका कुरा पनि मान्छेलाई, कार्यकर्तालाई भ्रमित गर्नका लागि गरिएका प्रचारवाजी मात्रै हुन् । उहाँले सच्चिनका लागि धेरै ठूलो आत्मआलोचनासहित सैद्दान्तिक, राजनीतिक र वैचारिक रुपमा गरेका गल्ती र आचरणमा भएका थुप्रै गल्तीलाई करेक्सन गर्नुपर्छ । त्यसपछि मात्रै नयाँ पार्टी बन्न सक्छ । नत्र बन्दैन ।
प्रचण्डले जे भनिरहनुभएको छ, त्यो संसदीय राजनीतिमा गएर सम्भव हुने कुरा होइन । संसदीय राजनीतिभित्र गएर समाजवादको कुरा गर्न सकिने कति हो र ? यो भन्ने कुरा मात्र हो, गर्ने कुरा होइन । त्यसकारण कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी भन्नेहरुले गर्ने एउटै हो । मात्र रुप फरक छ, सार एउटै हो ।
संसदीय कार्यदिशा अवलम्बन गर्ने हरेक कोही पार्टीहरु अहिलेको संविधान, कानुन, संसदीय परिपार्टी, नियम र सिद्धान्तहरुलाई छोडन सक्दैनन । संसदीय राजनीति स्वीकार गर्ने जति पनि पार्टीहरु छन्, ति पार्टीहरुले अहिले जनताको पक्षमा, राष्टको पक्षमा, देशको विहंगम चुनौतिहरुलाई सामना गरेर नयाँ ढंगले अगाडी जान सक्दै सक्दैनन ।
उनीहरुले गर्ने भनेकै विदेशी शक्तिहरुको आडमा सत्तामा पुग्ने र जनताका वीचमा आफनो मतहरु नभड्कियोस , मत नघटोस, सके वढाउन सकियोस भन्ने उदेश्यका लागि अनेक फन्डा र प्रचारवाजी मात्रै हुन् । प्रचण्डको दस्तावेज अहिले त्यसैको एउटा कडीका रुपमा आएको विषय हो ।
यस्तो प्रचारवाजीमा मिडिया पनि संसदीय पार्टीहरुकै वरिपरिमै छ । मिडिया पनि यर्थाथ धरातलमा उभिएको हामीले पाउँदैनौं ।
दुई पार्टी भेटिने ठाँउ नै छैन ?
प्रचण्डले दस्तावेजमा एकातिर, कताकता वलप्रयोगको सिद्धान्त स्वीकार गरेको जस्तो, संविधानमा आफुले राखेको नोट अफ डिसेन्टका वुँदालाई लिएर सडक, सदन र सरकार तिनओटै मोर्चालाई जोड दिनुपर्छ भन्ने जस्ता कुरा राखेको देखिन्छ । अर्काेतिर शान्ति सम्झौता गर्दा देखि सेना तथा हतियार ब्यवस्थापनका विषयमा पनि सामुहिक निर्णय लिन नसकी ब्यीक्तवादी निर्णय लिएर कमजोरी भएको भन्ने जस्ता कुरा पनि दस्तावेजमा गरेको जस्तो देखिन्छ ।
तर प्रचण्डले अव यस वारेमा गर्ने गरेको टिप्पणी र आत्मआलोचनाको के अर्थ ? सवै सिद्धाईसकेपछि । उहाँको दस्तावेजको सवै पक्ष चिरफार गरेरै यसमा टिप्पणी गर्नुपर्ने हुन्छ । तर पनि लाग्छ, माक्र्सवाद लेनिनवाद र माओवादलाई कसरी ग्रहण गर्ने ? एउटा टेडमार्कका रुपमा प्रचार गरेर विकाउ मालको रुपमा मात्रै प्रचार गर्ने ब्यापारिहरुले जस्तो संसदवादीहरुले जसरी प्रयोग गदै आएका छन । त्यसमा प्रचण्ड पनि फरक छैनन । उनले पनि माक्र्सवाद, लेनिनवाद, माओवादलाई त्यही रुपमा मात्र प्रयोग गरेका देखिन्छन् ।
करेक्सन त्यहाँवाट शुरु गर्नुपर्छ । हिजोको समिक्षा गर्दा यहाँ यहाँ कमजोरी भयो भन्ने कुरा नेतृत्वको भूमिका सामुहिक भएन भनेर हामीले पहिले नै भनेको हो । त्यसलाई औपचारिक निर्णयका आधारमा लैजाने काम प्रचण्डले गदै गर्नुभएन । जति पनि कुरा पालुङटारमा मोहन वैध (किरण) र प्र्रचण्डको लाइनलाई मिलाएर लैजाने र आधारभुत रुपमा वैधको लाइन पकडेर पार्टी जाने भन्ने भएकाके थियो । नेतृत्व प्रचण्डलाई स्वीकार गर्ने तर विचार किरणजीको स्वीकार गर्ने भनेको हो त्यो विस्तारित बैठकले । तर प्रचण्डले त्यहाँवाट काठमाडौं आईपुग्दा नपुग्दै त्यसलाई छोडेर वावुरामतिर लाग्नुभयो । त्यसकारण उहाँको बोली र ब्यवहार फरक छ ।
अहिले पनि दस्तावेजमा उल्लेखित विषय भ्रमित पार्ने कुरा मात्र हो । प्रचण्डवाट अव सम्भव छैन । उहाँ रुपान्तरित हुने, परिवर्तन हुने भन्ने छैन । त्यसको लागि ठूलो पश्चाताप र सार्वजनिक वक्तब्य दिएर आधारभूत रुपमा मेरो विचलन भयो भनेर उहाँले भन्न सक्नुपर्छ । त्यो उहाँ भन्न तयार हुनुहुन्छ ? हामीलाई त्यस्तो भन्नुहुन्छ भन्ने लाग्दैन ।
एकातिर साम्राज्यवादलाई ठिक्क पानुपर्ने, अर्काेतिर कमयुनिष्ट आन्दोलनमा म यो हुँ भनेर देखाईरहनुपर्ने दोहोरो रणनीति प्रचण्डमा देखिन्छ । प्रचण्ड जसरी स्थापित हुनुभयो, त्यो ब्यक्तित्व जनयुद्धको क्रममा बनेको हो । उहाँले एकचरण असाध्यै राम्रो काम गर्नुभएको हो । नेतृत्व राम्रो ढंगले गर्नुभयो । जव त्यसभित्र षडयन्त्र शुरु भयो, विदेशी आडमा लागेर त्यो हामीलाई थाहा भएन, पछि मात्र थाहा भयो । ति प्रवृति अहिले संसदीय राजनीतिमा छटटुगिरी गर्ने कुरामात्र हो ।
नवउदारवादी अर्थतन्त्र समात्ने, साम्राज्यवादको आधारभूत सिद्धान्तलाई पक्डिने, त्यो भनेको संसदीय वहुदलीय ब्यवस्था हो । यो साम्राज्यवादी ब्यवस्था हो । उनीहरुले पछिल्लो चरण विकास गरेको भनेको त्यही हो । यो पनि असफल भएको कुरा दुनियाँमा प्रमाणित भईसक्यो । त्यसलाई अव टालो हाल्न सकिन्न भनेर अहिले विश्वका पुँजीवादी अर्थशास्त्रीहरुले पनि के भनेको छन भने नवउदारवादी अर्थतन्त्रले अव हल गर्न सक्दैन । अव हामी समाजवादतिर जानुपर्छ भनेका छन् । अर्काेथरीले समाजवादलाई भ्रम दिन सकिन्छ, अझै पनि पुँजीवादको विकल्प छैन । तर पनि भनेर त्यो ढंगले समाजवादलाई लिन खोजेका छन् ।
एकथरीले होइनन् यो शिरावाट जाँदा समाजवाद त्यो पनि कम्युनिष्ट आन्दोलनभित्रकै समाजवादमा जानुपर्छ भन्ने पनि देखा परिरहेका छन् । दिंग्गज वौद्धिक भन्नेहरु त्यो ढंगले उपस्थित हुन थालेको तपाई-हामी देख्छौं । त्यसकारण अहिले संसदभित्रवाट यही ब्यवस्थालाई टिकाउनुपर्छ भेनर जसरी उहाँहरु जनुभयो । त्यो वाटो भनेको प्रतिगमनको वाटो हो ।
त्यसवाट पछि फर्किने भनेको चटक्कै छोडेर हिडनुपर्छ । त्यो स्थिती प्रचण्डले निम्ताउन सक्लान् त ? हामीलाई विश्वास छैन, लाग्दा पनि लाग्दैन । त्यो सम्भव छैन ।
















सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया