बुधबार, वैशाख ९, २०८३

आफ्नो दायित्व इमान्दारीपूर्वक निर्वाह गर्न प्रहरी महानिरीक्षकको निर्देशन

मेरोन्यूज २०७८ पुष १३ गते २०:३५

झापा । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले राज्यले सुम्पिएको दायित्वलाई प्रहरी कर्मचारीहरूले इमानदारीपूर्वक निर्वाह गर्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन् ।

Advertisement
NiccNicc

जिल्ला प्रहरी कार्यालय झापाको मंगलबार निरीक्षण भ्रमणपश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले हरेक प्रहरी कर्मचारीले आपसमा भाइचारा सम्बन्धको विकास गर्नुपर्ने बताए ।

प्रहरी कर्मचारीहरूले आ–आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गरेको खण्डमा संगठनको छवि उच्च हुने भन्दै क्षेत्रीले जति राम्रो काम ग¥यो त्यति संगठनको छवि राम्रो हुने बताए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले महिला बालबालिका तथा जेष्ठ नागरिकहरूलाई केन्द्रविन्दुमा राखेर काम गर्न निर्देशन दिए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणमा केन्द्रीत भई काम गर्नुपर्ने उल्लेख गर्दै हिरासतमा भएका थुनुवाहरूको सुरक्षामा समेत ध्यान दिन आग्रह गरे ।

सो अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसी, प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीको साथै संघीय प्रहरी इकाई कार्यालय धरान र १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीका कार्यालय प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया