सर्लाहीको इश्वरपुरमा आज साँझसम्म निषेधाज्ञा कायम

काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिका क्षेत्रमा मंगलबारदेखि जारी निषेधाज्ञा कायमै छ । पूर्वमा ईश्वरपुर नगरपालिका ४ सागरनाथ टोलसम्म र पश्चिममा नगरपालिका ८ रामपुर टोलसम्म निषेधाज्ञा कायमै भएको हो ।
यस्तै, उत्तर ईश्वरपुर नगरपालिका–५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका–९ खोरिया टोलसम्म आज पनि निषेधाज्ञा हुने भएको हो ।
गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर सार्वजनिक सम्पतिको तोडफोड, आगजनी भएपछि स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय मंगलबार अपरान्ह ३ बजेदेखि जारी गरेको निषेधाज्ञा बुधबार साँझ ७ बजेसम्म कायम रहने छ ।
निषेधित क्षेत्रमा भेला हुन, बाहिर हिँडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने प्रशासनले चेतावनी दिएको छ । ‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९२० र ९३० बमोजिम देहायको क्षेत्रहरुमा निषेधाज्ञा आदेश जारी गरिएको छ,’ प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आदेश उल्लघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मिले नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने ब्यहोरा समेत सूचित गरिन्छ ।’















महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश
ज्योति विकास बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न
ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
आज राति १२ः०० बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
प्रतिक्रिया