आजको राशिफल : पौष १६ गते शुक्रबार

आज वि.सं. २०७८ साल पौष महिनाको १६ गते शुक्रबार, पौष कृष्णपक्षको द्वादशी तिथि, उप्रान्त त्रयोदशी तिथि ।
मेष
आफ्नो लक्ष्यप्रति हरदम तयार र केन्द्रीत रहने खालको स्वाभाव हुने छ । मनमा दृढता देखा पर्ने छ । पुराना साथिहरुसँग भेटघाट हुने छ । मनोबलमा भने केही कमजोरी देखा पर्दा अरुसँग जुध्न डर लागे जस्तो हुने छ । भाग्यहिनताको आभाषल गर्दा कार्यसफलता कम हुन जाने छ । अध्ययन अध्यापनमा मन केन्द्रीत हुने छैन् । शेक्षिक क्षेत्रमा आवद्धहरुलाई समय चुनौतिपूर्ण रहने छ ।
वृष
आर्थिक पक्ष कठिनाईबाट गुज्रने छ । पैतृक सम्पत्ति बेच्नु पर्ने बाध्यता आउने चुनौति देखिन्छ । दृढताले भरिएको व्यक्तित्व हुने भए तापनि मनमा दुविधाका क्रमहरु निरन्तर रहीरहने छ । श्रम क्षेत्र, सेवा, नोकरी, सार्वजनिक सवारीसाधन, घर घडेरीको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार जस्ता क्षेत्रमा संलग्नहरुलाई समय अनुकुल रहने छैन् ।
मिथुन
मनमा दुविधाका क्रम आउने भएकाले दोहोरो स्वाभाव भएको व्यक्तित्व बन्ने छ । रिस क्षणक्षणमा आउने भएकाले अरुले रिसाहा व्यक्तिका रुपमा देखिने छ । दाम्पत्य जीवनमा मधुरता आउने छ । भाडाका सवारीसाधन, ग्रिल उद्योग, विषादीको कारोवार, रसायनिक फलको कारोवार, सार्वजनिक यातायात, श्रम जगतमा कार्यरतहरुलाई अनुकुल रहने छ ।
कर्कट
आम्दानीमा बृद्धि हुने छ । बोलीको प्रभाव बढे तापनि मृदुभाषीपन पनि बढ्ने छ । मनमा कुरा गुम्स्याएर राख्ने हुनाले तनावको मात्रा ह्वात्तै बढ्ने छ । परिवारमा किचलो र द्वन्द देखा पर्ने छ । निर्माण सामग्री, फलामजन्य कारोवार, हार्डवेयर, सार्वजनिक सवारीसाधन, ग्यारेज जस्ता पेशामा आवद्धहरुलाई अनुकुल रहेको छ ।
सिंह
बोलीमा रुखोपना आउने भएकाले प्रभावकारिता घट्न जाने छ । आम्दानीमा थोरै बृद्धि हुन जाने छ । मनमा धेरै विचारहरु एकपछि अर्काे गरि आइरहने हुनाले निर्णय क्षमतामा कमि आउने छ । परिवारमा द्वन्दका क्रमहरु निकै देखा पर्ने छ । पेशागत जीवनमा सचेत भएर अघि बढ्नु पर्ने देखिन्छ । पानी, चिसो, आइसक्रिम, पेय पदार्थ जस्ता क्षेत्रमा व्यवसाय गर्नेहरुलाई प्रतिकुल रहने छ ।
कन्या
सवारीसाधनसम्बन्धी दुःख आइलाग्ने छ ।सुख सुविधाका संयन्त्रहरु त्याग्नु पर्ने बाध्यात्मक अवस्था आउने छ । जसले गर्दा जीवनमा कठिनाईका क्रम देखिएको मनमा आभाष हुने छ ।सडक र सवारीसम्बन्धी विषयमा सचेत रहनु होला । पेशागत जीवनमा द्वन्द तथा बादबिबादको सामना गर्नुपर्ने छ । साझेदारीमा गरिएका काममा द्वन्दको अवस्था आउने छ ।
तुला
आम्दानीमा बृद्धि हुनेछ । भाग्य बलियो रहेको छ । जसले गर्दा सफलताका क्रमहरु देखिने छ । पेशागत जीवनमा सकारात्मक सुधारहरु देखा पर्ने छन् । यात्रामा मज्जा आउने छ । स्टेसनरी, अध्यापन, शिक्षा क्षेत्र, व्यवस्थापन जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर क्षेत्र फाइदादायक बन्ने छ ।
वृश्चिक
पेशागत जीवन औसत खालको रहने छ । दृढ खालको व्यक्तित्व बन्ने भएकाले अरुले हेप्न सक्ने छैनन् । रिस भने धेरै हुने भएकाले नियन्त्रण गर्ने प्रयास गर्नु नै बुद्धिमता हुने छ । दाम्पत्य जीवनमा बिबाद र द्वन्दले गर्दा निराशा छाउने छ । ऋणको अवस्था आउने छ । कमाईमा गिरावट देखिँदा आर्थिक चक्र बिग्रने छ ।
धनु
आफ्नो लक्ष्य प्रति दृढ रहने उर्जा तिब्र हुने छ । परिवारमा शान्तिको अभाव हुन जाने छ । पेशागत सुखद् बन्ने छ । खर्च भने धेरै हुने अवस्था आउने भएकाले संयमित रहनु होला । धेरै जोखिमहरु मोलि हाल्ने भन्दा धैर्य भएर पाइला चाल्दा उपयुक्त हुने छ । अध्यापन, शिक्षण, धार्मिक वस्तुको कारोवार, स्टेसनरी, वकालत जस्ता पेशामा आवद्धहरुलाई समय कठिन रहने छ ।
मकर
आँटेका कामहरु पुरा हुने छन् । भाग्य बलियो रहेको छ । मनमा नकारात्मक विचारले क्षणक्षणमा पीडा दिने छ । राजनीति, प्रशासन, बैंकिङ्ग क्षेत्र, व्यवस्थाकीय तह, वाणिज्य क्षेत्र आदीमा सहभागिहरुलाई समय अनुकुल बन्ने छ । प्रतिष्पर्धीसँग जुध्न तागत प्राप्त हुने छ । दाम्पत्य जीवनमा मधुर वातावरण हुने छ ।
कुम्भ
बौद्धिक क्षमतामा बृद्धि हुने छ । ज्ञानि स्वाभावको व्यक्तित्व हुने छ । यात्रामा अवरोधहरु आउने छ । सवारीसाधनसम्बन्धी समस्याले सताउने छ । बोलीको प्रभाव निकै बढ्ने छ । पेशागत जीवन औसत खालको हुने छ । आम्दानी औसत खालको हुने छ । नराम्रो सपनाले सताउने छ ।
मीन
मेहनति र परिश्रमि व्यक्तित्व बन्दा अरुले कदर गर्ने छन् । तर परिणाम भने औसत खालको प्राप्त हुने छ । बौद्धिकस्तरमा निकै विकास हुने छ । बोलेर खाने पेशा, पत्रकारिता, लेखक, स्टेसनरी, छालाजन्य कारोवार, आदीमा संलग्नहरुलाई समय शुभ छ । लेखक तथा वाचनमा पनि क्षमता बृद्धि हुने छ । मित्रहरुसँग द्वन्द बढ्न जाने भएकाले सोच विचार गरेर मात्र बादबिबादमा उत्रनु होला ।
(गुरु पन्त– ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९८१३६३७२३८)
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया