गाडीको ठक्करबाट मृत्युपछि राजमार्गमा अवरोध
मेरोन्यूज
२०७८ पुष १६ गते ८:५४

दाङ । दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बिहान ४ बजेतिर गाडीको ठक्करबाट दंगिशरण गाउँपालिका ६ का सुमन केसीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सडकमा घाइते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिएर गाडी भागेपछि गाडीको नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ । ठक्कर दिएर भागेको गाडी समाउन माग गर्दै स्थानीय राजमार्ग बन्द गराएर आन्दोलन गरेका छन् ।
घटनापछि मृतकका आफन्त तथा स्थानीयले दोषिको पहिचान र कार्बाहीको माग गर्दै तुलसीपुर हापुरे सडकखण्ड अवरुद्ध पारेका छन् । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
शव राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।
सम्बन्धित
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया