सर्लाहीको बयलवासमा कर्फ्यू जारी
मेरोन्यूज
२०७८ पुष १६ गते ९:०६

सर्लाही । सर्लाहीको बयलवासमा तेस्रो पटक निषेधाज्ञा -कर्फ्यू आदेश) जारी गरिएको छ । प्रदर्शन हुन सक्ने आशंकामा जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू जारी गरेको हो ।
सर्लाहीको इश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउने लगायतका ६ बुँदे सहमति भएको थियो । मृतकको दाहसंस्कार भइनसकेकाले प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
मृतकको शव परिवारले दाहसंस्कार गरेपछि मात्रै निषेधाज्ञा खोलिने बताइएको छ । विहीबार साँझ साढे ७ बजेदेखि लागू गरिएको निषेधाज्ञा शुक्रबार साँझसम्म जारी गरिएको जिल्ला प्रसासन कार्यालय सर्लाहीले जनाएको छ ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया