नर्भिकले ल्यायो नयाँ वर्षमा उपचारमा छुट अफर

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसर पारेर आफ्ना हेल्थ प्याकेजहरुमा विशेष छुटको अफर सार्वजनिक गरेको छ ।
अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को जनवरी १ देखि १० तारिखका दिनसम्म उपलब्ध सबै खालका हेल्थ प्याकेजहरुको साबिकको शुल्कमा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको हो ।
यस्तो छुट पाउनका लागि विभिन्न अनलाइन तथा अन्य मिडियाहरुमा प्रकाशित नर्भिक इन्टरनेशनल अस्पतालसँग सम्बन्धित सूचनामूलक विज्ञापनको स्क्रीन सट वा प्रमाणको प्रिन्टसहित अस्पतालमा आउनुपर्नेछ ।
नर्भिक इन्टरनेशनल हस्पिटलका सूचनामूलक सामाग्री विज्ञापनको रुपमा विभिन्न अनलाइन न्यूज पोर्टल तथा मिडियाहरुमा प्रकाशित हुने गरेका छन् । त्यसको स्क्रीनसर्टसहित अस्पतालसँग सम्पर्क गरे आफूले लिन चाहेको हेल्थ प्याकेजमा १० प्रतिशत छुट पाइने अस्पतालले जनाएको छ ।
नर्भिकले विशेष अवसरहरुमा विगतदेखि नै यस्ता छुटको प्याकेजहरु ल्याउने गरेको छ । अस्पतालले सामाजिक उत्तरदायीत्वको रुपमा प्रत्येक शनिवार विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क ओपिडी सेवासमेत संचालन गर्दै आएको छ ।
अस्पतालले पुस महिनाभरि मूत्रथैलीको पत्थरीको शल्यक्रिया गर्दा साबिकको शुल्कमा २० प्रतिशत छुट दिने स्किम यसअघि नै सार्वजनिक गरिसकेको छ ।
















हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया