थप ८ दिन हिरासतमा ‘लाहुरे’

काठमाडौं । लाहुरे उपनामले चिनिएका र्यापर आशिष राना मगर थप ८ दिन हिरासतमा बस्ने भएका छन् । अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थप गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्किका प्रहरी नायव उपरिक्षक९डिएसपी० सुन्दर तिवारीका अनुसार लागुऔषध मुद्धामा पक्राउ परेका लाहुरे सहित अन्य ४ जनालाई ८ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । बुधवार राति कास्की पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित जाल्पारोडबाट लागु औषध ब्राउन सुगर सहित ४ जनालाई नियन्त्रमा लिएको थियो ।
डिएसपी तिवारीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर २१ घर भएका ३९ वर्षीय ध्रुब बहादुर थापा, रुपा गाउँपालिका वडा नम्बर ७ घर भएका ३० वर्षीय बिक्की भन्ने नबिन कुमार गुरुङ र पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने २२ वर्षीय सुस्मिता गुरुङ छन् ।
लागुऔषधको कारोबार भएको सुचनाको आधारमा प्रहरीले बिक्की भन्ने नबिन कुमार गुरुङलाई नियन्त्रणमा लिएर चेक गर्दा ब्राउनसुगर ०।५१ ग्राम फेला परेको थियो । त्यसपछि उनलाई सोधपुछ एवं अनुसन्धान पोखराको सभागृह नजिकै रहेको सुस्मिता गुरुङको कोठाबाट ब्राउनसुगर१२।५० ग्राम फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
प्रतिक्रिया