थप ८ दिन हिरासतमा ‘लाहुरे’

काठमाडौं । लाहुरे उपनामले चिनिएका र्यापर आशिष राना मगर थप ८ दिन हिरासतमा बस्ने भएका छन् । अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थप गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्किका प्रहरी नायव उपरिक्षक९डिएसपी० सुन्दर तिवारीका अनुसार लागुऔषध मुद्धामा पक्राउ परेका लाहुरे सहित अन्य ४ जनालाई ८ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । बुधवार राति कास्की पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित जाल्पारोडबाट लागु औषध ब्राउन सुगर सहित ४ जनालाई नियन्त्रमा लिएको थियो ।
डिएसपी तिवारीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर २१ घर भएका ३९ वर्षीय ध्रुब बहादुर थापा, रुपा गाउँपालिका वडा नम्बर ७ घर भएका ३० वर्षीय बिक्की भन्ने नबिन कुमार गुरुङ र पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने २२ वर्षीय सुस्मिता गुरुङ छन् ।
लागुऔषधको कारोबार भएको सुचनाको आधारमा प्रहरीले बिक्की भन्ने नबिन कुमार गुरुङलाई नियन्त्रणमा लिएर चेक गर्दा ब्राउनसुगर ०।५१ ग्राम फेला परेको थियो । त्यसपछि उनलाई सोधपुछ एवं अनुसन्धान पोखराको सभागृह नजिकै रहेको सुस्मिता गुरुङको कोठाबाट ब्राउनसुगर१२।५० ग्राम फेला पारेको प्रहरीले जानकारी दिएको छ ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया